एसपी रिपोर्टर
जनकपुरधाम, माघ ७ : महोतरीको बर्दिवास स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अव आफनै भवनमा सञ्चालनमा आएको छ । करिव ११ करोडको लागतमा नवनिर्मित भवनको आज एक समारोहका बिच आयोगका आयुक्त डा. सावित्री थापा गुरुङ्गले समुदघाटन गरे संगै विधिवत सञ्चालनमा आएको हो ।

संघिय सरकारको लगानी र संघिय आयोजना कार्यान्वयन इकाई कार्यालय धनुषाको प्राविधिक रेखदेखमा १३ कठ्ठा ८ धुरमा बनेको २ तल्ले प्रशासनिक र साढे तिन तल्ले प्रहरी ब्लकको भवन विधिवत समुदघाटन भई सञ्चालनमा आएको छ । चारवटा कोठामा आठवटा बेड क्षमताको थुनुवा कक्ष सहित निर्माण भएको भवन समुदघाटन गर्दै आयुक्त थापाले सुशासनका लागि सञ्चालनमा आएको आयोगको कार्यालयलाई सवैले सहयोग गर्नुपर्ने बताइन ।