एसपी रिपोर्टर
जनकपुरधाम, माघ ५ : जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र अनिल कुमार झाले जसपा नेपाल चुनावबाट नडराउने बताएका छन् । प्रदेश २ सरकारले जनकपुरधाममा आयोजना गरेको बलिदानी दिवस २०७७ समारोहमा मञ्चमा बसेको प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्री सहितकालाई सम्बोधन गर्दै झाले भने, ‘चुनावबाट सवैको हैसियत पत्ता लाग्छ र जसपा बैकल्पिक शक्ति बन्छ ।’
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शहिदहरुकै सहादत र बलिदानी स्वरुप मुख्यमन्त्री र मन्त्री बनेको कुरा आफुहरु कुनै पनि क्षण नबिर्सेको बताएका छन् । शहिदहरुकै सम्मानमा बलिदानी दिवस मनाउन सुरु गरिएको र अव विदा दिने निर्णय समेत गरेको उनले बताए । मुख्यमन्त्री राउतले भने, ‘शहिद परिवारलाई स्थाई गर्न पनि हामि पछि हटदैनौं ।’

प्रदेश सरकार क्षमता अनुसार समय समयमा समस्या परेकावेला शहिद परिवारलाई सहयोग समेत गर्दै आएको बताउदै मुख्यमन्त्री राउतले शहिदहरुको हितमा काम गर्न कुनै कसर वाँकी नराख्ने प्रतिवद्वता जाहेर गरेका छन् । कार्यक्रममा प्रदेश सरकारका मन्त्री जितेन्द्र सोनलले माओवादीले रमेश महतोको हत्या गरेर मधेशलाई जगाएको भन्दै महतोकै शहादतले आज मधेशीले सरकार बनाएको बताए ।

रमेश महतो जस्ता विर शहिदहरुको बलिदानीले प्रदेश २ मा बनेको पृथक सरकारले नै संघियता बचाउन र कार्यान्वयनमा भुमिका निर्वाह गरिरहेको कुरा नबर्सिन समेत उनले आग्रह गरेका छन् । कार्यक्रममा प्रदेश सरकारका मन्त्री ज्ञानेन्द्र कुमार यादवले स्वागत मन्तब्य राखेका थिए भने प्रतिनिधीसभा सदस्य प्रमोद साह सहितकाले सम्बोधन गरेका थिए ।
कार्यक्रममा जसपाका नेता मन्त्रीहरु नवलकिशोर साह, रामनरेश राय, राज्यमन्त्रीहरु डिम्पल झा, सुरेन्द्र मण्डल, सरोज सिंह कुशवाहा प्रदेश सांसद परमेश्वर साह, रामअशिष यादव, सुरिता साह, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह सहितको सहभागिता रहेको थियो । कार्यक्रम शहिद रमेश महतोकी आमाको अध्यक्षतामा भएको थियो ।