एसपी रिपोर्टर
जनकपुरधाम, माघ ५ : जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले करार जागिरे रहेका शहिद परिवारलाई निर्णय गरि तुरन्त स्थाई गर्न प्रदेश सरकारसंग आग्रह गरेका छन् ।
प्रदेश २ सरकारले जनकपुरधाममा आयोजना गरेको बलिदानी दिवस २०७७ समारोहमा मञ्चमा बसेको प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्री सहितकालाई सम्बोधन गर्दै महतोले भने, ‘शहिद परिवारलाई धेरै गर्न वाँकी छ करारको जागिरले भविष्य शुनिश्चित हुदैन तुरन्त स्थाई गर्न तर्फ लागनोस ।’ शहिदहरुकै बलिदानीले प्रदेश २ मा पृथक सरकार बनेकाले यस सरकारले शहिदको साथ साथै जनताको लागि समेत पृथक सरकारको रुपमा काम गर्न सक्नु पर्ने नेता महतोको भनाई थियो ।

प्रदेश २ सरकारले समेत जनताको हितमा काम गर्न नसकेको भन्दै वरिष्ठ नेता महतो सचेत गराएका छन् । मधेश आन्दोलनका अगुवा नेता महतोले भने, ‘मेयर र उपमेयर मात्र होइन प्रदेश सरकारले समेत केहि गर्न नसकेको गुनासो लिएर जनता आइरहेका छन् ।’ केहि दिन अगाडि जनकपुरधामका मेयर बारे जनताको गुनासो मञ्चबाटै भन्दा मेयर जीलाई दुःख लाग्यो सायद भन्दै महतोले भने, ‘म मञ्चबाट नभनि कहाँबाट भन्ने ? कानेखुसी गरेर थोरै हुन्छ ?’ शहिद परिवारका बालबालिकाको भरणपोषण भत्ता र दिघ्र रोगका विरामी सदस्यको लागि उपचार खर्च समेत प्रदेश सरकारले उपलब्ध गराउन सक्नु पर्ने उनको
‘प्रदेश सरकार पनि छ र ? हामिलाई त प्रदेश सरकारको अनुभुति नै छैन’ जस्ता गुनासाहरु प्रदेश सरकारबारे आउने गरेको उनले खुलाए । उनले कुनै दाँयाबाँया नहेरि धमाधम कर्मचारी भर्ना गर्न र काम गर्न प्रदेश सरकारलाई सुझाव दिएका छन् । मधेश आन्दोलनको मर्म र शहिदहरुको लक्ष्य परिपुर्ती हुने गरि धमाधम काम गर्न उनले प्रदेश सरकारलाई आग्रह गरेका छन् ।