एसपी रिपोर्टर
जनकपुरधाम, माघ ३ : ‘मिस्टर एण्ड मिस रौनियार २०२१’ को जनकपुरधाम अडिशन सम्पन्न भएको छ । एम्मी ईन्टरटेन्मेन्टले आयोजना गर्न लागेको ‘मिस्टर एण्ड मिस रौनियार २०२१’ को लागि नेपालमा पहिलो पटक जनकपुरधाममा अडिशन भएको छ । जनकपुरधाम, महोतरीको गौशाला, मलंगवा, लहान सहितको ठाँउबाट आएका प्रतियोगी युवाहरुको सहभागितामा अडिशन समपन्न भएको छ ।

प्रतिकुल मौसमका बाबजुद पनि विभिन्न ठाँउबाट युवायुवतीको सहभागिता हुनु रौनियार समुदायको लागि सकारात्मक संकेत भएको आयोजकको भनाई छ । आयोजक एम्मी ईन्टरटेन्मेन्टका एम्मी रौनियारले भने, ‘अगामि शनिवार पर्साको बिरगञ्जमा हुने अडिशनमा मात्र ६० जनाले आवेदन दिएका छन् ।’ उनले आफुहरु यसै क्षेत्रमा काम गरिरहेकाले आफनो समुदायको युवाहरुलाई पनि यसक्षेत्रमा अवसरको सृजना गर्न आयोजना गर्न लागेको बताए ।

माघ १० गते काठमाण्डौंको रयाडिशन होटलमा राष्ट्रिय अडिशन हुने आयोजकले जनाएको छ । जनकपुरधाम अडिशनमा सहभागित रौनियार युवा मञ्च जनकपुरधामका अध्यक्ष शुनिल साहले युवाहरुको सहभागिताले विस्तारै समुदायमा परिवर्तणको संकेत मिलेको बताए । उनले युवायुवतीको क्षमता र कन्फिडेन्शले आफु प्रभावित भएको बताए ।

गत वर्षको ‘मिस्टर एण्ड मिस रौनियार २०२०’ मा सहभागिता जनाएका जनकपुरधामका युवा विराट रौनियारले पनि आफनो कला र क्षमता देखाउन सकिए अवसर धेरै रहेको बताए । विजेता प्रथम दोस्रो र तेस्रो हुने मिस्टर र मिस दुवै तर्फका लाई नगद एकलाख, पचास हजार र पचिस हजार सहित म्युजिक भिडियो, ब्रान्डेड एड, कलिउड र बलिउडमा अवसर प्रदान गरिने आयोजकको भनाई छ ।

व्यापार र व्यवसायमा मात्र समिति रौनियार समुदायका युवाहरुलाई पनि कला, मनोरञ्जन तथा मोडलिङ्गको क्षेत्रमा ल्याएर हस्तीको रुपमा स्थापित गर्न आयोजना गरिएको दावी छ । मोडलिङ्ग गर्दा रौनियार समुदायको संस्कृती, रितिरिवाजलाई एकदमै ध्यानमा राखि सोहि किशिमको भद्र पोशाकलाई प्राथमिकता दिइने र कुनै पनि अभ्रदताको गुनासो आउन नदिने आयोजकले प्रतिवद्वता जनाएको छ । अडिशनमा जज प्यानलमा मोडल पुष्पा यादव सहित कार्यक्रममा रौनियार युवा मञ्चका महासचिव रितेश कुमार गुप्ता, सचिव पंकज आजाद, सल्लाहकार बिजय गुप्ता सहितको उपस्थिती थियो ।