एसपी रिपोर्टर
जनकपुरधाम, माघ २ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई उनकै पार्टीका जिल्ला नेताले फोनमै चेतावनी दिएका छन् । जिल्लाबाट प्रतिनिधीसभा सांसदमा निर्वाचित तत्कालिन राजपाका शिर्षनेता राजकिशोरलाई प्रोटोकोलमा तल पारेपछि जिल्ला नेता राजाराम यादवले अध्यक्ष यादवलाई फोन गरे तर अध्यक्ष यादवले उनलाई पनि राम्रो व्यवहार नगरे पछि राजारामले कडा चेतावनी दिएका छन् । उनले भनेका छन्, ‘वरियता मिलाउनु भएन भने कालो झन्डा देखाँउछौं, कार्यक्रम बहिष्कार र्गछौं ।’
जनता समाजवादी पार्टी (जसपा)ले माघ ३ गते शनिबार सिरहामा विरोध कार्यक्रम गर्दैछ । जसपा अध्यक्ष उपेन्द्र यादवले पूर्व राजपा पक्षलाई पेल्दै कार्यक्रममा वरियता मिच्न थालेपछि कार्यक्रम विवादित बनेको छ । पार्टी वरियता क्रममा महेन्द्र यादवभन्दा तल रहेका राजकिशोर यादवलाई उनको गृह जिल्ला सिरहाको कार्यक्रममा समेत तल पारिएपछि विवाद उत्पन्न भएको हो । जबकी राजकिशोर यादव पार्टीको वरियतामा रेणु यादव, अधिकारी र विजय यादव भन्दा माथि छन् ।

सिरहाको कार्यक्रममा पहिलो वरियतामा रेणु यादव, दोस्रोमा प्रकाश अधिकारी र तेस्रोमा विजय यादवलाई राखिएको हो । चौथो नम्बरमा मात्र राजकिशोर यादवलाई राखिएपछि राजारामले सिधै उपेन्द्र यादवसंग टेलिफोन संवाद गरेका हुन । आफ्नो वरियता क्रम मिचेर अपमानित गर्न खोजेको भन्दै राजकिशोर यादव उक्त कार्यक्रमको बहिस्कार गर्ने जनाएका छन् ।
टेलिफोन संवादमा अध्यक्ष यादवले राजकिशोर यादवलाई केपी ओलीको कार्यक्रममा सहभागी हुन भनेका छन् भने पार्टी छोडेर भाग्न खडा चेतावनी पुर्ण भाषा प्रयोग गरेको सुनिन्छ । उपेन्द्र यादवको यस्तो अभिव्यक्ति पछि राजाराम यादवले पनि उपेन्द्र यादवलाई पार्टीबाट कारवाही गर्ने चेतावनी दिइरहेका छन् ।
सुन्नोस टेलिफोन संवाद
यसअघि अनिल झाको पनि वरियता क्रम पनि मिचेर कार्यक्रम आयोजना गर्ने भनिएको थियो। झाले आपत्ति जनाएपछि उनलाई रौतहटमा आयोजित कार्यक्रमको विशेष अतिथि बनाइएको थियो ।
हुलाकी न्युजको सहयोगमा