एसपी रिपोर्टर
जनकपुरधाम, पुष २९ : जनकपुरधामको एतिहाँसिक धनुषा सागरको सौन्दर्यकरणको विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ । श्री गणेश युवा कमिटिको आयोजनामा आज विहान प्रतिवेदन माथी सरोकारावालहरुसंग छलफल समेत गरिएको छ । प्रतिवेदनमा सरोबरको चारैतर्फ पक्की घाट निर्माणका साथै पश्चिम तर्फको रामायण भवन अगाडि बाट सरोबरको बिचमा जान मिल्ने गरि धनुषको निर्माण गरिने उल्लेख छ ।
करिव साढे पाँच करोडको लागत लक्ष्य राखिएको परियोजनालाई तिन आर्थिक वर्ष सम्मका क्रमागत परियोजनाको रुपमा अगाडि बढाइएको मुख्यमन्त्री स्वच्छता अभियानका प्रमुख सिडिई भगवान झाले बताए । उनले चालु आर्थिक वर्षमा पचास देखि साठ्ठी लाख विनियोजन गरि काम सुरु हुने बताए ।
कमिटिका अध्यक्ष संन्तोष महतोको अध्यक्षतामा भएको छलफलमा प्रदेशसभा सदस्य परमेश्वर साहको समेत उपस्थिती थियो । साहले कमिटिले आफनो क्षेत्रको धरोहर धनुष सागरको सौन्दर्यकरणका लागि देखाएको तत्परताको लागि धन्यवाद दिएका छन् । सागरमा भइरहेको नौका विहार डुङ्गा व्यवस्थाले सरोबरको विशेषता झनै बढेको उनले बताए । कार्यक्रममा कमिटिका पदाधिकारी, पुर्व अध्यक्षहरु, निर्देशकहरु सहित विभिन्न क्षेत्रका अगुवाहरुको उपस्थिती थियो ।