एसपी रिपोर्टर
जनकपुरधाम, पुष २७ : गणतन्त्र घोषणा पछि स्थिल बनेको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा यस वर्ष सहभागिता बढेको छ । पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा जनकपुरधाममा राष्ट्रिय प्रजातन्त्र पार्टी तथा पुर्वराजा समर्थकहरुले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
भिडियो
प्रधानमन्त्री केपि शर्मा ओलीले संसद विघटन गरि चुनाव घोषणा गरे संगै पुर्व राजा समर्थकहरु सडकमा सक्रिय रहेकै बेला परेको दिवसमा सहभागिता बढेको हो ।
पुर्व राजा समर्थकहरु ढाकाटोपी लगाएर जनकचौक स्थित श्री जनक मन्दिर प्राङ्गणमा पुर्व राजा एवं नेपालका राष्ट्र निर्माता समेत रहेका पृथ्वी नारायण साहको तस्वीरमा पुष्प र अविर अर्पण गरि श्रद्धाञ्जली अर्पण गरेका छन् । त्यस अघि उनीहरुले राजतन्त्र र राजाको समर्थनमा विभिन्न नाराबाजी गर्दै नगरको विभिन्न भागको परिक्रमा समेत गरेका थिए ।
त्यसै गरि राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत पृथ्वी जयन्ती दिवसको अवसरमा पिडारीचौकको जनकजानकी पार्कमा पुर्व राजा शाहको तस्वीरमा पुष्प र अविर अर्पण गरि श्रद्धाञ्जली अपर्ण गरेका छन् ।