एसपी रिपोर्टर
जनकपुरधाम, पुष २७ : जनता समाजवादी पार्टी नेपाल (जसपा)ले जनकपुरधाममा शक्तिसभाको आयोजना गरिरहेको छ । जनकपुरधामको रेल्वे स्टेशनमा आयोजित सभामा जनकपुरधामको विभिन्न वडाका साथै, अन्य स्थानिय तह तथा महोतरी सहित विभिन्न जिल्लाबाट समेत जसपा समर्थकहरु जनकपुरधाम आउने क्रम जारी छ ।

वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य सरत सिंह भण्डारी, नेतृ रेणु यादव, बृषेशचन्द्र लाल, उमाकान्त झा सहितका वक्ताहरु सम्बोधन गर्ने सभामा भिडभाड बढदै गएको छ । जसपाबाट विभिन्न स्थानिय तह तथा वडामा निर्वाचितहरुको नेतृत्वमा सम्बन्धित ठाँउबाट विरोध जुलुश सहित नेता कार्यक्रता आउने क्रममा जारी छ ।

प्रदेश सरकारका मन्त्री, राज्यमन्त्री सहितका अगुवा नेताहरुको समेत आगमण भइरहेको छ । जसपाको चुनाव चिन्ह छताको समेत प्रदर्शन गर्दै समर्थकहरु रेल्वेमा जम्मा भइरहेको छ ।

प्रधानमन्त्री केपि शर्मा ओली विरुद्व नारावाजी गरिरहेका उनीहरु चुनाव चिन्ह अंकित झन्डा र वास्तिविक छाता समेत प्रदर्शन गर्न थालेपछि जसपालाई समेत चुनाव लागि सकेको स्पष्ट भइरहेका छ ।


