एसपी रिपोर्टर
जनकपुरधाम, पुष २६ : जनकपुर जेसिजको अध्यक्षमा मनोजकुमार साह निर्वाचित भएका छन् । शनिबार राति भएको निर्वाचनमा साह १ सय १९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी बिक्रम साहले ३४ मत ल्याए ।

यस्तै उपाध्यक्षमा मुकेशकुमार साह, राजेन्द्रकुमार साह, विनय साह र दीपककुमार यादव निर्वाचित भएका छन् । निर्वाचनअघि कार्यकारिणी उपाध्यक्षमा डा.राजेस मण्डल र उपेन्द्र कुमार साह निर्विरोध निर्वाचित भएका थिए । यसैगरी महासचिवमा राजकुमार साह, कोषाध्यक्षमा यातोष साह र कानुनी सल्लाहकारमा राजु साह पनि सर्वसम्मतले चयन भएका थिए ।
निर्वाचितलाई श्री गणेश युवा कमिटिको सम्मान

जनकपुर जेसिजको नयाँ कार्यसमितिलाई श्री गणेश युवा कमिटिले सम्मान गरेको छ । कमिटिका डायनामिक अध्यक्ष सन्तोष कुमार महतो सहितका टिमले जेसिजको नयाँ निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको छ । कमिटिको धनुष सागर क्षेत्रमा उनीहरुलाई सम्मान गरिएको छ । सो अवसरमा कमिटिका पुर्व अध्यक्षहरु सुरेन्द्र भण्डारी, संतोष कुमार साह, राजेश भण्डारी, दिपक भगतका साथै गणेश साह सहितको उपस्थिती थियो ।