एसपी रिपोर्टर
जनकपुरधाम, पुष २५ : जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले समस्याको समाधान चुनाव समेत नरहेको बताएका छन् । एसपी खवरसंगको स्पेशल टकमा पुरन रौनियारसंग विशेष कुराकानी गर्दै नेता महतोले पुनः चुनावमा गएपनि त्यै ओली, प्रचण्ड र देउवा जस्ताले सवै गर्ने भएकाले समस्या समाधान नहुने बताए । उनले भने, ‘मानशिकता परिवर्तण गरि सवैको अपनत्व हुने गरि नआए सम्म समस्या समाधान हुदैन ।’
पुर्व मन्त्री समेत रहेका नेता महतोले सवैको संविधान नबनेकाले समस्या भएको बताउछन् । एसपीखवरले अव तपाँई चुनाव कहाबाट लडने सोधेको प्रश्नमा उनले भने, ‘स्वयम जनताको ईच्छा र आकांक्षा अनुसार चल्ने भएकाले जनताले चाहेकै अनुसार अगाडि बढछु ।’
उनले विभिन्न खुलासाहरु समेत गरेका छन जो भिडियो अन्तरवार्तामा प्रस्तुत छ ।
हेर्नोस भिडियो