एसपी रिपोर्टर
जनकपुरधाम, पुष २५ : जनकपुरधाममा हिन्दु राष्ट्र सहितको गणतन्त्रका लागि प्रदर्शन भएको छ । हिन्दु राष्ट्र कायम गर्नका लागि संघिय हिन्दु गणतन्त्रको नारा सहित शक्ति प्रदर्शन गरिएको छ । शनिवार जनकपुरधाममा राष्ट्रिय विद्यार्थी परिषदको अगुवाईमा एकता अभियानका लागि हिन्दु राष्ट्रको मांग गर्दै प्रदर्शन गरिएको छ ।

बिना जनताको म्यान्डेड संघीय गणतन्त्रको घोषणा गर्दा अचानक देशलाई धर्मनिरपेक्ष बनाई सनातन हिन्दु धर्म र नेपालको विशेषता हिन्दु धर्म संस्कृतिमाथि प्रहार गरिएको भन्दै संघीय गणतन्त्र सहितको हिन्दु राष्ट्रको अभियानमा लाग्नुपर्ने उनीहरुको मांग छ । उनीहरुले ‘जय श्री राम’ सहितको नारावाजी गर्नुका साथै हिन्दु धर्मको प्रतिक गेरुवा रंगको झन्डा सहित प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा समान्नजनक सहभागिता देखिएको छ । जनकपुरको रेल्वे स्टेशनबाट निक्लेको विरोध रयाली जनक चौकमा पुगेर कोण सभामा परिणत भएको थियो । परिषदका अध्यक्ष विनय यादव, उपाध्यक्ष सुनिता साह सहितका वक्ताहरुले बिना जनताको भावना बुझेर हिन्दु राष्ट्र मासिएको भन्दै पुर्न वहालीको मांग गरेका छन् ।
मार्गदर्शक मण्डल सदस्य खेमराज आचार्यले हिन्दु राष्टको मांग गर्दा राजावादीको आरोप लगाउने गरिएको भन्दै गुनासो गरेका छन् ।
