एसपी रिपोर्टर
जनकपुरधाम, पुष २५ : जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपि शर्मा ओलीलाई महाराज धिराज सम्बोधन गर्दै गलत संविधानलाई गलत रुपले प्रयोग गरेको टिप्पनी गरेका छन् । जनकपुरधाम उद्योग बाणिज्य संघको ५४ औं वार्षिक साधारणसभाको समुदघाटन सत्रलाई सम्बोधन गर्दै प्रतिनिधीसभा सांसद समेत रहेका नेता महतोले आधा जनसंख्यालाई गोली र बन्दुक देखाएर लाद्यिएको गलत संविधानलाई महाराजधिराज ओलीले गलत रुपमा प्रयोग गर्न सफल भएको बताए ।
जस्ले संविधान जारी गरयो जस्लाई संविधानको रक्षक बन्नु पर्दथ्यो त्यो नै संविधानको भक्षक भएकाले देश बर्बाद हुने स्थितीमा पुगेको उनको कथन छ । नेता महतोले अोली निरंकुशता माथी निरंकुशता गर्दै भएपनि अन्य खश नेताहरु मुखदर्शक मात्र बनेको उनको अरोप छ । अर्को प्रसंगमा नेता महतोले प्रदेश २ को राजधानी जनकपुरधाम नै हुने पनि बताएका छन् । मञ्चमै बसेका प्रदेश सांसदहरुको ध्यानाकर्षण गराउदै महतोले भने, ‘प्रदेश २ को नाम र राजधानीका लागि पुनः पहल गर्नुस र लाग्नुस, आशा छ सरकार र प्रदेशसभा त्यसमा सफल हुने छ ।’
मेयर साहलाई सतर्क गराए महतो
नेता महतोकै पार्टीबाट जनकपुरधामको मेयरमा निर्वाचित मेयर लालकिशोर साहलाई महतोले मञ्चबाटै सचेत गराए । उनले भने, ‘आगो लागेको छ तर दुबै दम्कल बिग्रेको भन्ने सुनिन्छ यो के हो ? संवेदनशिल हुनुस ।’ मेयर साहले गरेको विभिन्न कामहरुको बारेमा समेत प्रशंसा गरेका महतोले भने, ‘धेरै राम्रा कामहरु गर्नु भएको छ तर जनतासंग राम्ररी कुराकानी र रेसपोन्स नगरेको भन्ने गुनासोहरु छन त्यसलाई सुधार गर्नोस, मैले दिएको ब्रुमर समेत राम्ररी प्रयोगमा ल्याउनोस ।’
सडक फराकिलो गर्नु भो, सुन्दर देखिन्छ तर वाँकी सडक र फोहर व्यवस्थापनका काम पनि गर्नोस भन्ने उनको सुझाव थियो । कार्यक्रममा प्रदेश सांसद परमेश्वर साह, सुरिता साह, मेयर लालकिशोर साह, उपमेयर रिता झा सहितकाले सम्बोधन गरेका थिए ।