एसपी रिपोर्टर
जनकपुरधाम, पुष २४ : श्री राजदेवी युवा क्लब देवीचौक जनकपुरधामका अध्यक्ष महेन्द्र साह नेकपा ओली समुहमा प्रवेश गरेका छन् । साहको अगुवाईमा करिव २५० जना भन्दा बढी युवा र स्थानियहरुलाई नेकपाका नेता पुर्व मन्त्री रघुविर महासेठ तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले फुलमाला लगाएर पार्टीमा स्वागत गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री महासेठले कम्युनिष्टको आन्दोलनमा देवी चौकको महत्वपुर्ण भूमिका रहेको स्मरण गरे । मन्त्री तथा नेकपा नेतृ महतोले जनताले चाहेको समग्र विकासका लागी स्वयम काम गर्ने प्रतिवद्वता जाहेर गरेकी छन् ।
कार्यक्रममा प्रदेश २ का प्रदेशसभा सदस्य रामचन्द्र मण्डलल, नेकपा धनुषाका जिल्ला अध्यक्ष राजकिशोर यादव, नेपाल उद्योग बाणिज्य महासंघका प्रदेश नं. २ अध्यक्ष शिव शंकर साह (हिरा), श्री राम युवा कमिटीका अध्यक्ष उपेन्द्र ठाकुर, जनकपुरधाम उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरेन्द्र कुमार भण्डारी सहित नेकपाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
आज पनि दुई पुल समुदघाटन एकको शिलान्यास
मन्त्री महतो र पुर्व मन्त्री महासेठले आज पनि धनुषामा दुई पुलको समुदघाटन तथा एक पुलको शिलान्यास गरेका छन् ।
जिल्ला देपुरा नोचा स्थित जल्लाद नदिको पुल र नेपाल भारत जोडने भडरिया स्थित बेलौती नदिमा निर्माण गरिएको पुलहरुको समुदघाटन गरिएको छ भने नेपालको बिर्ता भारतको हैरने जोड्ने जमुनी नदिमा पुल निर्माणको शिलान्यास गरिएको मन्त्री महतोको सहयोगी दिपन ठाकुरले बताए ।
विपन्न बालबच्चालाई लत्ताकपडा वितरण
त्यसै गरि आजै धनुषा चेम्बर अफ कमर्सद्वारा जनकपुरधाममा आयोजित एक समारोहका बिच मन्त्री महतोले केहि असहाय तथा बिपन्न बालबालिका लाई लत्ताकपडा तथा शल बितरण गरेका छन् । कर्मशको पहल र अगुवाईमा मन्त्री महतोको हातबाट लक्षित समुदायका बालबालिकाहरुलाई आवयश्क लत्ताकपडा र शल वितरण गरिएको हो ।