एसपी रिपोर्टर
जनकपुरधाम, पुष २४ : नेकपा ओली समुहका युवाहरुले भोली काठमाण्डौंमा धोती जुलुश निकाल्ने तयारी गरेको छ । युवा संघ नेपालमा आवद्व ओली समुहका जनकपुरधाम सहित क्षेत्रका युवाहरुले भोली काठमाण्डौंको माईतीघर मण्डलाबाट सडक प्रदर्शन गर्ने भएका छन् ।
भोलि शनिबार काठमाडौंको माइतीघर मण्डलाबाट भब्य धोती जुलस निकालिने भएको छ । नेकपाको भातृ संगठन युवा संघ प्रदेश २ को अगुवाईमा हुने सो जुलुसमा सहभागिताका लागि मधेशका विभिन्न मुख्य शहरहरुबाट युवाहरु काठमाण्डौं हिडेका छन् ।
युवा संघका नेता शम्भु साहले दिएको जानकारी अनुसार नेकपाको संस्थापन पक्ष र त्यसका अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओलीको समर्थनमा मधेशका युवाहरु धोली कुर्ता पहिरनमा काठमाण्डौंमा प्रर्दशन गर्ने छन् । धोती कुर्था गम्छा मधेशी के शान बा ! केपी ओली हमनी सबके जान बा !! नाराका साथ सडकको जुलुसमा मधेसका पहिचानका रुपमा रहेको धोती, गम्छा र कुर्था पोसाकमा युवाहरु ओलीको समर्थनमा नारावाजी गर्ने तयारी रहेको छ ।