एसपी रिपोर्टर
जनकपुरधाम, पुष २३ : जलेश्वर महादेव मन्दिर क्षेत्रको संरक्षणका लागि आन्दोलनरत युवाहरुले १० दिन भित्र स्थानिय सरकार मांग पुरा नगरे सिंहदरबार अगाडि रिले अनसन देखि आमरण अनसन बस्ने चेतावनी दिएका छन् । विभिन्न छ सुत्रिय मांग राख्दै जलेश्वर महादेव मन्दिर एवं उमा महोदरी शक्तिपीठ सेवा समिति तथा संरक्षण विकास परिषदको आयोजना र चारवटा स्थानिय युवा क्लवका युवाहरुको संयोकत्वमा गत पुष ९ गते देखि दैनिक १२ घण्टाका दरले रिले अनसन गर्दै आएका युवाहरु गत २० गते अनसन तोडेका थिए ।
संघिय सरकारका शहरी विकास मन्त्री प्रभु साह अनसन स्थलमा पुगेर मांगहरुबारे चासो राख्दै समाधानका लागि पहल गर्ने प्रतिवद्वता जाहेर गरेपछि युवाहरु अनसन छाडेका थिए । समितिका अध्यक्ष अमरदिप साह भन्छन् ‘मन्त्री साहले मन्दिर क्षेत्रको समग्र विकास र संरक्षणका लागि प्याकेजमै बजेट आउने गरि डिपिआर बनाएर ल्याउन पनि भनेका छन् तर जलेश्वरका मेयरलाई विकासको कुरा भन्दा पनि कुनै सुनुवाई गरिरहेका छैनन ।’

उनका अनुसार मन्त्री साहले राम्रो डिपिआर बनाएर ल्याए बजेटको कमि हुन नदिने प्रतिवद्वता व्यक्त गरेका छन् । जलेश्वरनाथ मन्दिर महोतरीको सदरमुकाम जलेश्वरको नाम मात्र होइन पहिचान र स्वाभिवान पनि हो । जलेश्वर बजार नेपाल तथा अन्तराष्ट्रिय जगतमा चिनिनुमा त्यहाँ स्थित यो प्राचिन मन्दिरको ईतिहाँस, विशेषता र प्रसिद्वता नै मुख्य हो भन्दा फरक नपर्ला ।
तर मन्दिरको विकास भन्दा विनाश भइरहेको भन्दै त्यहाँका युवाहरु चिन्तत बनेका छन् । उनीहरुले पटक पटक नगरपालिकाका मेयर रामशंकर मिश्र र हाकिमलाई डिपिआरका लागि प्राविधिक खटाईदिन भन्दा पनि नमानिरहेको गुनासो गरेका छन् । एसपी खवरको कार्यालयमा पत्रकार सम्मेलन गरि युवाहरुले भने, ‘जे मा पनि कमिशन र लोभ, अव हामी १० दिनको समय नगरपालिकालाई दिन्छौं डिपिआर बनाइएन भने स्थानिय सरकार विरुद्व संघिय सरकारको मुख्यालय सिंहदरबार अगाडि अनसनमा बस्छौं ।’ मन्दिर क्षेत्र र मन्दिरको चारवटा पोखरी सहितको सौन्दर्यकरणका लागि डिपिआर तयार गरि पठाउन भने पनि नगरपालिकाकै विकासको कामका लागि नगरपालिकाले प्राविधिक दिन नमानेको उनीहरुको दुःखेसो छ ।
यस्तो छ युवाहरुको मांग
उनीहरुको छ सुत्रिय मांग छ । पहिलो मन्दिरको बुर्जा झर्ने अवस्थामा रहेकाले परातत्व विभागको निर्देशानुसार प्राचिन मौलिकता बचाउने गरि मन्दिरको पुर्ननिर्माण र संरक्षण गरियोस, दोस्रो एतिहाँसिक प्रमाण अनुसार मन्दिरको नाँउमा रहेको २ सय ७५ विघघा जमिनको खोजविन गरियोस, तेस्रो पुरातात्व विभागसंगको प्राविधिक सहयोगमा यो मन्दिर र यहाँको वृक्ष(वरगद), शिवगुफा, पुज्यनिय ढुङ्गाहरुको अनुसन्धान गरि ति महत्वपुर्ण सम्पतीहरु कति पुरानो हो भन्ने प्रमाणित गरियोस ।

साथै उनीहरुको चौथो मांगमा त्यहाँ स्थित शक्तिपीठ र महालिङ्गको बारेमा विभिन्न पुराणमा समेत उल्लेख रहेकाले स्थानिय, प्रदेश र केन्द्र सरकारले भारतको समेत विशेषज्ञहरुसंग मिलेर अनुसन्धान गरि महालिङ्ग र शक्तिपीठको एतिहाँसिकताको औपचारिक घोषणा गरियोस, पाँचौ मागमा मन्दिर र शक्तिपीठको संरक्षण सम्वद्वनका लागि जलेश्वर महादेव मन्दिर एवं उमा महोदरी शक्तिपीठ सेवा समिति तथा संरक्षण विकास परिषद गठन भइसकेकाले तिनैतहको सरकारबाट परिषदलाई आधिकारिकता र बैधानिकता प्रदान गरियोस तथा छैठो मांगमा वाटर लाईट तथा अन्य लाइटहरुको साहारामा माथीबाटनै जल भित्र रहेको महालिङ्ग हेर्न सक्ने वातावरण बनाएर मन्दिरको अधिनस्त रहेको चारवटै एतिहाँसिक पोखरीहरुलाई ठेक्का पट्टा मुक्त गराई सौन्दर्यकरणका साथै पार्कको रुपमा पर्यटकीय हिसावले विकास गरियोस ।
यो पनि पढनोस