एसपी रिपोर्टर
जनकपुरधाम, पुष २२ : संघिय सरकारकी महिला बालबालिका तथा जयेष्ठ नागरिक मन्त्री जुली महतो तथा पुर्व भौतीक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले मिथिला नगरपालिकामा थप एक पुलको शिलान्यास गरेको छ ।
मिथिला नगरपालिकाको वडा नं. ११ तल्लो तुल्सी स्थित साविकको वडा नं. २ र ३ जोडने जिराईडाँडा सुन्दरी खोलामा बन्न लागेको पुलको मन्त्री महतो तथा पुर्व मन्त्री महासेठले शिलान्यास गरेका हुन । कुल १७ करोडको लागतमा निर्माण हुन लागेको १ सय १० मिटर लामो पुल बनेपछि त्यस भेगका स्थानियलाई आवतजावतमा सहजता हुने भएको छ ।
२८ महिनामा काम सकिने गरि कालिका कन्ष्ट्रक्सन प्रा.लि. भरतपुर चितवनको बर्दिबास साइड अफिसले ठेक्का पाएको सो पुल समयमै समपन्न गर्न मन्त्री महतोले आग्रह गरेकी छन् । २२ महिनामै सक्ने गरि सम्झौता भएपनि कोरोना महामारीका कारण छ महिना थप गरि २८ महिनामा काम हुने गरि पुल निर्माणको काम सुरु हुने सडक डिभिजन कार्यालय धनुषाले जनाएको छ ।
पुल शिल्यानास कार्यक्रममा प्रदेश सांसद सारदा थापा, मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतो, उपप्रमुख सहितको उपस्थिती रहेको थियो ।