एसपी रिपोर्टर
जनकपुरधाम, पुष २२ : केहि महिना अगाडि एसपी खवरले धनुषाकी समानुपातिक सांसद जुली महतो मधेशी महिला भएकी कारणले पनि मन्त्री बन्ने समाचार लेख्दा नेकपाकै केहि कार्यक्रताले चाप्लुसी गरेको आरोप समाजिक सञ्जालमा लगाए । विश्वसनीय स्रोतको आधारमा लेखिएको सो समाचार आज सहि सावित भएको छ ।

संघिय सरकारकी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेपछि हिजो पहिलो पटक गृहजिल्ला आएकी जुलीको जिल्लामा न्यायो स्वागत भयो । जनकपुरधाम विमानस्थलमा उनलाई उद्योग बाणिज्य संघ, श्री गणेश युवा कमिटि, श्री महाविर युवा कमिटि र श्री राम युवा कमिटि सहितका युवा क्लवहरुले एकै साथै एकसय ४० किलोको माला लगाएर जनकपुरधाममा स्वागत गरे ।

हिजै जनकपुरधाममा आयोजित नेकपाको बृहत कार्यक्रता भेलालाई सम्बोधन गर्ने क्रममा जुलीले भनिन, ‘मधेशको छोरीलाई मन्त्री बनाउनु भएकोमा प्रधानमन्त्री ओली सहित पार्टीका सवैमा धन्यवाद र आभार व्यक्त गर्दछु ।’ जुलीले आफनो मन्त्रालय महिला, बालबालिका तथा जेयष्ठ नागरिकसंग सम्बन्धित रहेकाले जनताको सेवा गर्ने मन्त्रालयको रुपमा स्थापित गरि छाडने बताईन । उनले सो धारणा राखिरहँदा महिलाहरुले जोडले ताली बजाएका थिए ।