एसपी रिपोर्टर
जनकपुरधाम, पुष २१ : दुई दशक भन्दा बढि समय पछि जनकपुरधाममा भएको विद्यालय स्तरीय ‘ईन्टर स्कुल रनिङ्गकप २०७७’ प्रतियोगिताको उपाधि रामानन्दचौक स्थित सर्वोदय सेकेन्ड्री बोर्डिङ्ग स्कुलको टिमले जितेको छ । प्रतियोगीता अवधीभर कुल पाँच प्रतिस्पर्धा मध्ये एकमा मात्र हार वेहोरेको सर्वोदयले आज भएको निर्णायक प्रतिस्पर्धामा ओमसिआरसी स्कुलको टिमलाई ३९ रनले पराजित गर्दै उपाधी चुमेको हो ।
प्रतियोगीताको समुदघाटन म्याचमा पनि यि दुई टिम आमने सामने भएको थियो जस्मा सर्वोदयले नै बाजी मारेको थियो । त्यस प्रतिस्पर्धामा ओमआरसिएसलाई ५ विकेटले हराएको सर्वोदयको भेट फाइनलमा पुनः ओमआसिएससंग भएपछि आज ३९ रनले पराजित गरेको हो ।
फाइनलमा पहिलो ब्याटिङ्ग गरेको सर्वोदयले ९ विकेटको क्षतीमा १ सय २३ रनको योगफल तयार गरेको थियो । १ सय २४ रनको लक्ष्य पछयाउन आएका ओमआरसिएसको टिम मात्र ८४ रनमा सिमित भयो । विजेता र उपविजेता दुवै टिमलाई जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोरले सिल्ड प्रदान गरे । साथै प्रतियोगीताको म्याचहरुमा म्यान अफ द म्याच, बेस्ट ब्याटसम्यान र बेष्ट बलर भएकाहरुलाई समेत ट्रफी प्रदान गरिएको छ ।
स्कुले टिम तर खेलमा पोख्त
फाइनल प्रतिस्पर्धा र्हेन लायक थियो । दुवै टिमका खेलाडी र उनका समर्थकहरु यसरी खेलमा तल्लिन थिए मानिलिउँ विश्वकपका लागि प्रतिस्पर्धा हुदैछ । १ सय २३ रन बनाएर फिल्डिङ्गमा उत्रेका सर्वोदय टिमका खेलाडीहरु पाको खेलाडी जस्तै विपक्षी ब्याटसम्यानलाई दबाब बनाएर राखेका थिए । उनीहरुको अपिल र क्षेत्र रक्षाको तौरतरिका पनि राष्ट्रिय टिम जस्तै अनुभव हुन्थ्यो ।
विजेता सर्वोदयका सञ्चालक बुलन मिश्रले आफनो टिमले खेलेको पाँचवटै प्रतिस्पर्धा स्मरणीय रहने बताए । अलराउन्डर रोशन, बल्लेबाज रुपेश, हार्ड हिटर धिरज, ओपनर रितेश र क्लासिकल अक्षरको कला कौशल अझै मस्तिष्कमा गुञ्जीरहेको उनको भनाई छ । उनले २२ वर्ष पुरानो आफनो स्कुलको जितमा खुसी व्यक्त गरे विद्यार्थीलाई बधाई दिए ।
विद्यार्थीलाई पुर्नताजा बनाउन प्रतियोगीता
प्रतिस्पर्धा नियाली रहेका सर्वोदयका सञ्चालक बुलन मिश्रले भने, ‘हामी हार जित भन्दा पनि विद्यार्थीलाई रिफ्रेस गरि पढने वातावरण बनाउन प्रतियोगीता गरेका हौं ।’ कोरोनामा डराएर आठ महिना सम्म थुनिएका बच्चाहरु इन्टरनेट र समाजिक सञ्जालमा फँसेकाले उनीहरुलाई त्यसबाट वाहिर निकालेर रिफ्रेस गरि पुनः पढने वातावरण निर्माणका लागि प्रतियोगीता गरिएको आयोजना संयोजक आशिष झाले बताए । उनीहरुले अगामि वर्ष देखि मात्र आठ नभई सक्दो सवै स्कुललाई सहभागि गराई जनकपुरधामको चर्चित प्रतियोगीता बनाउने बताए ।
एन प्यावसन धनुषाको आयोजना तथा जिल्ला क्रिकेट धनुषाको सहजीकरणमा पुष १० देखि भएको प्रतियोगीताको mन्डै पाँच लाखको खर्च भएको बताइएको छ । दश कक्षा सम्मको विद्यार्थीहरु खेलेको प्रतियोगीतमा ओम आर सी एस, सर्वोदय बोर्डिंग, जानकी बोर्डिंग, शिशु प्रज्ञा सदन, चोल्ड्रेंन होली प्यालेस, ऐर्रे इंटरनेशनल, मदर टेरेशा र जेनिथ नेशनल एकेडमी सहितको कुल आठ स्कुले टिमको सहभागिता रहेको थियो ।
प्रतियोगीता समापन समारोहमा जिसस धनुषा उपप्रमुख दिपक झा, क्रिकेट संघ प्रदेश २ का अध्यक्ष हिरा भगत, धनुषा उपाध्यक्ष शोभा पाण्डे सहितको सहभागिता रहेको थियो ।