एसपी रिपोर्टर
जनकपुरधाम, पुष २१ : नेकपाका स्थाई कमिटि सदस्य तथा धनुषामा ओली समुहका अगुवा नेता मानिने रघुविर महासेठले पहाडी बिनाको मधेश, मधेशी बिनाको नेपाल र केपि शर्मा ओली नेतृत्व बिनाको देश शोभनिय नरहेको बताएका छन् । मंगलवार जनकपुरधाममा आयोजित बृहत कार्यक्रता भेलालाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘मधेशी बिनाको पहाड, पहाडी बिनाको मधेश अधुरो रहे जस्तै ओली नेतृत्व बिनाको नेकपा कल्पना गर्न सकिदैन ।’
राष्ट्र र जनताको चाहना र आवयश्कता अनुसार नै प्रधानमन्त्री केपि शर्मा ओली संसद विघटन गरि पुनः जनतामा जान चाहेको उनको कथन छ । प्रधानमन्त्री ओलीले सो कदम नचालेको भए देश पुनः २०६२÷६३ को आन्दोलन भन्दा पहिलोको अवस्था पुग्न सक्थ्यो उनले भने, ‘देशी विदेशी र प्रक्रियावादीहरुको चलखेल नेकपाले सफल हुन दिदैन ।’

देशी विदेशीको कुनै पनि चलखेलमा नफँस्न आग्रह गर्दै महासेठले भने, ‘प्रचण्ड र नेपाल कमरेड वाहिरको हैन आफनै विवेकले काम गर्नोस कसैको दबाबमा नपर्नोस ।’ महासेठले तत्कालिन एमाले पार्टी कार्यालय मात्र नभई चुनाव चिन्ह समेत नेकपाको संस्थापन पक्षकै हुने बताए ।