एसपी रिपोर्टर
जनकपुरधाम, पुष २० : नेकपा स्थाई कमिटि सदस्य तथा पुर्व मन्त्री रघुविर महासेठले प्रदेश २ मा सत्यनारायण मण्डल विरुद्वको अविश्वास प्रस्ताव फेल गरेर देखाई दिने बताएका छन् । एसपी खवर एचडीसंगको विशेष कुराकानीमा नेता महासेठले भने, ‘हस्ताक्षर देखाएर हुदैन, सभामुखले सांसद बोलाएर प्रत्यक्ष अविश्वास दर्ता गराउँदा थाहा हुन्छ ।’
चुुनाव हार्ने, पटक पटक पार्टी छाडेर जानेहरु आफुलाई नेता भन्ने अनि हामी पटक पटक जितेर जनताको लागि काम गर्ने चाँही चुप लागेर बस्ने ? प्रश्न गर्दै महासेठले भने, ‘चुनावबाट कम्युन्ष्टिको सुद्विकरण हुन्छ ।’ आफु प्रधानमन्त्री केपि शर्मा ओली र पार्टीको पहिलो र बैधानिक अध्यक्ष नेतृत्वको बैधानिक पार्टीमा रहेको उनले स्पष्ट गरे । उनले बामदेव गौतमको कुनै समुह नरहेको समेत बताए ।

विस्तृतमा हेर्नोस महासेठको भिडियो अन्तरवार्ता