एसपी रिपोर्टर
जनकपुरधाम, पुष १६ : धनुषाको हँसपुर नगरपालिकामा प्रथम मेयर कप भविबल प्रतियोगीता सुरु भएको छ । आज एक विशेष समारोहका बिच पुर्व भलिबल खेलाडी समेत रहेका प्रदेश २ का आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रतियोगीताको समुदघाटन गरेका छन् ।
समुदघाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले प्रदेश २ मा खेल सम्बन्धी कानुनको निर्माण भइरहेको बताउदै छिट्टै खेलकुद क्यालेन्डर प्रकाशित गर्ने बताए । उनले प्रदेश स्थापना दिवसको अवसरमा अन्तराष्ट्रिय प्रतियोगीतामा राम्रो खेल्ने प्रदेशका खेलाडीलाई सम्मान गरिने समेत बताए ।

कार्यक्रममा नगरपालिकाका मेयर रामज्ञान मण्डल, उपमेयर रेणु झा सहितको उपस्थिती थियो । खेल २१ गते सम्म खेलिने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !