एसपी रिपोर्टर
जनकपुरधाम, पुष १६ : जनता समाजवादी पार्टीका केन्दीय सदस्य बबन सिंह नेकपा केपी ओली समूहमा प्रवेश गरेका छन् । जसपाका नेताहरु राजनीतिक व्यापारी रहेको भन्दै बिहीवार गरुडामा आयोजित नेकपा ओली समूहको जिल्ला भेला कार्यक्रममा सिंह नेकपामा प्रवेश गरेका हुन् ।
सिंहलाई नेकपाका प्रदेश इन्चार्ज सत्यनारायण मण्डल , अध्यक्ष तथा सहरी विकास प्रभु साह , प्रदेश कमिटी सचिव तथा राष्ट्रिय सभा सदस्य सुमन प्याकुरेलले माला र टिका लगाएर स्वागत गरेका छन् । २०६४ को सविधानसभामा स्वतन्त्रबाट विजयी बबन सिंह पछिल्लो समय जसपा केन्द्रीय सदस्य रहेका थिए ।
ओली समूहमा प्रवेश गरेपछि सिंहले जसपा अध्यक्ष उपेन्द्र यादव आफू चुनाव जित्न अन्य पार्टीसँग मिलेर आफनै पार्टीका उम्मेदवारलाई अन्तरघात गर्नेगरेको बताए । नेता सिंह प्रधानमन्त्री ओली जनताको असली नेता भएको बताए । ओली देशका विभिन्न क्षेत्रका चुनाव जित्ने नेताहरुको सम्र्पकमा रहेको बताइन्छ ।
जसरी पनि चुनाव जित्न माहिर नेताहरुलाई पार्टी प्रवेश गराएर चुनावको बिगुल फुक्ने योजना ओली समुहको छ ।