एसपी रिपोर्टर
जनकपुरधाम, पुष १६ : कम लगानी र मेहनतमा पर्याप्त आम्दानी हुने भएपछि माछापालनतर्फ किसानको आकर्षण बढेको हो । माछापालनसँगै समग्र कृषि उत्पादनमा सिङ्गो देश नै आत्मनिर्भर बनाउने लक्ष्यका साथ विश्व माछा दिवस जनकपुरधाममा धुमधामको साथ मनाइएको छ ।
प्रत्येक बर्ष अग्रेजी महिनाको डिसेम्बर ३१ तारिखका दिनमा विश्व भर विश्व मत्स्य दिवस मनाउदै आइएको हो । सोही अनुसार धनुषामा पनि जिल्ला मत्स्य सहकारी संघको अध्यक्ष संजय कुमार साहको अध्यक्षतामा सहकारी अभियन्ता रामबाबु यादव, राष्ट्रिय सहकारी बैंकका संचालक ध्रुव नारायण यादबको विशेष उपस्थितिमा एक कार्यक्रम गरि माछा पालन त्यसको लाभको विषयमा गहन छलफल गरिएको छ ।
चर्चित कृषि माछा उत्पादन गर्ने सहकारीकर्मी मथुरा मणडलले माछा पालनको फाईदा प्रष्टाएका थिए । समाजिक अभियन्ता तथा नेपाल लाईफ कम्पनीका जनकपुरधाम शाखा एजेन्सी म्यानेजर प्रमेश्वर साह, जनता समाजवादी पार्टीका युवा नेता सिताराम यादव,युवा अभियन्ता ललन कुमार नायक, जनकपुर जेसिजका महासचिव तथा सहकारीकर्मी मनोज कुमार साह, ओम प्रकाश साह, सहकारीकर्मी आनन्द झा, महिला नेत्री बिमला साह, संतोष कुमार कारक सहितको उपस्थितीमा भएको कार्यक्रममा माछा पालन प्रति कृषकलाई आकर्षित गर्नका लागि विभिन्न योजना ल्याउनु पर्ने बताए ।
सो क्रममा मत्स्य सम्बन्धी यहाँ उत्पादित जिउँदो माछा जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, चितवन, पोखरा, काठमाडौंसम्म बिक्री हुँदै आएको व्यापारी मथुरा मण्डलले बताएका थिए । कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो ।