एसपी रिपोर्टर
जनकपुरधाम, पुष १६ : जनकपुरधामको बाह्रबिघघामा जारी ‘ईन्टर स्कुल रनिङ्गकप २०७७’ प्रतियोगिता अन्तर्गत आज भएको आयोजक विरुद्व पत्रकारहरुको मैत्रीपुर्ण प्रतिस्पर्धामा आयोजक टिम विजयी भएको छ । पुर्व राष्ट्रिय खोलाडीहरु सहित मैदानमा उत्रेको आयोजक क्रिकेट टोली सिकारु पत्रकारहरुको टिमलाई झिनो रनले मात्र पराजय गर्न सक्यो ।
निर्धातिर १५ ओभरको प्रतिस्पर्धामा टस जिति सर्वप्रथम ब्याटिङ्ग रोजेको आयोजकले निर्धारित सवै ओभर खेल्दै मात्र दुई विकेटको क्षतीमा १ सय १६ रन जोडेको थियो । उस्का लागि शोभाकान्त पाण्डे १८ बलमा २९ र आनन्द झा १४ बलमा २१ रन बटुलेका थिए । पत्रकारको तर्फबाट कमलेश ठाकुर र अजय झाले एक÷एक विकेट लिन सफल भए ।
१ सय १७ रनको लक्ष्य पाएको पत्रकार टिम सवै ओभर त खेल्यो तर ७ विकेटको क्षतीमा मात्र ९४ रन जोडन सक्यो । उस्का लागि अजय झाले १९ बलमा १४ रन र जयन्त ठाकुरले १७ बलमा १२ रन जोडेका थिए भने ओपनर भएर पिचमा गएका आशावादी ब्याटस म्यान अवधेश कामत ५ रन बनाएर रन आउट भए । आयोजकको तर्फबाट बलरहरु हिरा भगत १, गुरवन्त सिंह १, प्रदिप गुप्ता १ विकेटे लिए भने अधिकांश रन आउट भए ।
प्रतिस्पर्धा हेर्न नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष रिंकु कुमारी मिश्र (गायत्री), धनुषाका अध्यक्ष अनिल मिश्र, पुर्व खेलाडी तथा पत्रकार अशोक दत्त सहितका उपस्थित थिए भने एन प्यावसनका केन्द्रिय उपाध्यक्ष बुलन मिश्र सहितको उपस्थिती थियो ।
एन प्यावसन धनुषाको आयोजना तथा जिल्ला क्रिकेट धनुषाको सहजीकरणमा गत पुष १० देखि २० गते सम्म प्रतियोगीताको आयोजना हुदै छ । एन प्यावसन धनुषाका उपाध्यक्ष तथा प्रतियोगीताका संयोजक आशिष झाका अनुसार आइतवार हुने दुई वटा सेमिफाइनलका लागि ओम आरसिएस विरुद्व एर्रे स्कुल र सर्वोदय विरुद्व मदर टेरेसा खेल्ने छ । सोमवार निर्णायक प्रतिस्पर्धा हुने छ ।