एसपी रिपोर्टर
जनकपुरधाम, पुष १६ : व्यापारीहरुको संस्था धनुषा चेम्वर अर्फ कर्मशले परोपकारी कामलाई नरिन्तरता दिएका छन् । व्यापारीको हकहितका लागि काम गर्न धनुषामा पनि विस्तार भएको यो संस्था आज करिव एक सय एक जना गरिव विपन्न र अभाव भएकाहरुलाई न्यानो कम्वल वितरण गरेका छन् ।
कर्मशका अध्यक्ष विजय प्रसाद साहको अध्यक्षतामा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको विशेष उपस्थितीमा जनकचौक स्थित जनक मन्दिर प्राङ्गणमा कम्वल वितरण गरिएको छ ।

कम्वल वितरण समारोहमा उपस्थित सिडिई भगवान झा, धनुषाका प्रहरी उपरिक्षक रमेश बस्नेत सहितका व्यक्तित्वहरुले कर्मशको कार्य परोपकारी रहेको भन्दै सराहना गरेका छन् । कार्यक्रममा जनकपुरधामका पुर्व मेयर बजरंग प्रसाद साह, असहाय संरक्षण मञ्चका अध्यक्ष बैद्यनाथ प्रसाद साह, कर्मश प्रदेश २ का सदस्य पवन ठाकुर,जउनपा ७ का वडा अध्यक्ष जानकी राम साह सहितको सहभागीता थियो ।

