एसपी रिपोर्टर
जनकपुरधाम, पुष १४ : धनुषामा प्रचण्ड–नेपाल पक्षधर नेकपा समुहले प्रधानमन्त्री केपि शर्मा ओलीको कदम विरुद्व प्रदर्शन गरेका छन । जिल्लाको सदरमुकाम जनकपुरधाममा भएको विरोध प्रदर्शनमा मध्यम उपस्थिती देखिएको छ ।
भिडियो
जिल्लामा यो समुह शक्तिशाली र ठुला मानिएको भनिएपनि त्यस हिसावको सहभागिता नरहेको प्रतिक्रिया जुलुशमै सहभागिहरुको पनि सुनियो । यद्यपि १२ बजे रेल्वे स्टेशनमा जम्मा हुन भनिएको विरोध जुलुशमा १ः३० बजे सम्म सम्मानजनक उपस्थिती भने देखियो ।
विरोध जुलुश नियाल्न केपि ओली समुहका नेताहरु समेत चौक चौकमा खटेको देखियो । प्रतिनिधि सभा विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले देश व्यापी विरोधका कार्यक्रम गरेकाले जनकपुरधाममा पनि प्रदर्शन गरेको छ ।
जुलुशको नेता रामचन्द्र मण्डल, श्रवण यादव बरबरिया, सत्रुधन महतो, बोधमाया यादव, रत्नेश्वर लाल गोइत, शहिदनगरका मेयर उदय बरबरिया यादव सहितकाले अगुवाई गरेका छन् । रेल्वे स्टेशनवाट सुरु भएको विरोध रयाली सिताचौक, मिल्सएरिया, भानुचौक कदमचौक, मुरलीचौक हुदै पुनः रामचौक, जनकचौक र शिवचौक हुँदै रेल्वे स्टेशनमा पुगेर कोणसभामा परिणत भएको थियो ।
जनकचौकमा पुगेको रयालीलाई केन्द्रिय नेता गणेश साहले सम्बोधन गरेका थिए । उनले केपि शर्मा ओली र तत्कालिन जननेता मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारी मिलेर देशमा संवैधानिक कु गरेको बताए । उनले भने, ‘नसचिए प्रधानमन्त्री र राष्ट्रपतीको हेलिकप्टर धनुषामा ल्याण्ड गर्न पाउदैन ।’
त्यस अगाडि नेता यदुवंश झाले मुरलीचौक, श्रवण बरबरियाले भानुचौक, मिल्स एरियामा सत्रुधन महतो, रामचौकमा श्री प्रसाद साह रयाली लाई सम्बोधन गरेका थिए । ¥यालीमा सहभागीहरुले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध चर्को नारावाजी गरेका थिए ।