FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result


जनकपुरधाम नेपालमा क्रिकेटको मातृभूमि, थाहा छ ? पुनः खेल्न थाले विद्यार्थीहरु

ओरालो लाग्दै गरेको क्रिकेट क्रेजको पुर्नजागरण हुदै

जनकपुरधाम नेपालमा क्रिकेटको मातृभूमि, थाहा छ ? पुनः खेल्न थाले विद्यार्थीहरु
  • 496
    Shares

पुरन रौनियार
जनकपुरधाम, पुष १३ :
जनकपुरधामको एतिहाँसिक बाह्रबिघघा रंगभुमि मैदानमा कोरोना कहर पछि एक अर्को गरि विभिन्न क्रिकेटका प्रतियोगीताहरु भइरहेको छ । अहिले मैदानको मध्य भागमा रहेको क्रिकेट पिचमा स्कुलका किशोरहरु क्रिकेट खेलिरहेको दृश्य कतिपयलाई समान्य लाग्न सक्छ । तर गहनता पुर्वक नियाल्ने हो भने उनीहरु भित्र पनि भोलीका उदयमान प्रतिभाहरु प्रयाप्त छन् ।

भिडियो

गत शुक्रवार देखि सुरु भएको ‘ईन्टर स्कुल रनिङ्गकप २०७७’ प्रतियोगिताको पहिलो दिन सहभागी विद्यालयहरु मध्ये समुदघाटन खेल सर्वोदय उच्च मा.वि. विरुद्व ओम आरसिएस स्कुल टिमको थियो । जस्मा ओम आसिएसका भर्खरका किशोर ब्याटसम्यान आयुषले ६९ बलको सामना गर्दै ७९ रन बटुले । हेर्दा बालबालिकाहरु खेलिरहेको जस्तो समान्य लाग्ला तर अन्तराष्ट्रिय स्तरको अम्पायर र नियम अनुशासन अनुसार लेखिरहेका उनीहरु चौका प्रहार गरेको दृश्य हेर्न लायक हुन्छ ।

प्रतियोगीताको दोस्रो दिन एर्रे इन्टरनेशनल स्कुलका आदित्य सिंहले ४८ बलको सामना गर्दै ४४ रन जोडे जस्मा रोचक चौकाहरु समेत सामेल छ । उनको ब्याटिङ्ग गर्ने शैली, पिचमा उपस्थिती, रनिङ्ग र आक्रमक शैली पनि चाख लाग्दो थियो । मलाई उनीहरुको त्यो कौशलताले जनकपुरधाम र क्रिकेटको बारेमा बुझन मन लाग्यो र छेउमै रहेका अन्तराष्ट्रिय खेलहरुको समेत अनुभव राखेका प्रशिक्षक नविन सिंह र पुर्व क्रिकेटर अशोक दत्तसंग कुराकानी गर्न थाले ।

जनकपुरधाम नेपालमा क्रिकेट जन्माउने मातृभुमि धेरैलाई थाहा नहोला

नेपालमा क्रिकेट खेलको जन्म भुमि वा भनौ मातृभुमि जनकपुरधामको माटोलाई भन्दा फरक नपर्ला । त्यसको विभिन्न उदाहरण प्रस्तुत गर्ने जमर्को गरेका छौं । वि.सं. २०३२ सालमा पनि जनकपुर क्रिकेट खेल्दथ्यो र राम्रो खेल्दथ्यो । त्यसवेलै क्रिकेटरहरु कल्याण ढुङ्गेल, विनय चरण सिंह, शतेन्द्र सिंह, बच्चु कोइराला र मोहन ढुङ्गेल लगायतको मैदानी कला हेर्न लायक हुन्थ्यो ।

नेपालमा औपचारिक रुपमा पहिलो पटक २०३७ सालमा मात्र पहिलो पटक क्रिकेट प्रतियोगीताको आयोजना भयो जब कि त्यस भन्दा अगाडि देखिनै जनकपुरधाममा क्रिकेट खेलिन्थ्यो र मजबुत टिम पनि थियो । काठमाण्डौैंमा तत्कालिन १४ अञ्चलको टिमको सहभागितामा २०३७ सालमा पहिलो पटक भएको राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगीतामा जनकपुरको टिम दबदबा देखायो । प्रतियोगीताबाटै जनकपुरधामले आफनो पहिचान स्थापित गरयो र २०४५ मा जनकपुरको होम ग्राउन्डमा आयोजित राष्ट्रिय ट्रफीमा उत्तम कमाचार्यको नेतृत्वमा राष्ट्रिय च्याम्पियन हुन सफल भयो ।

त्यस अघि २०४१ सालमा विराटनगरमा भएको प्रतियोगीतामा तेस्रो भएको जनकपुर टिम २०४८ सालमा दिपक गुप्ताको नेतृत्वमा बिरगंजमा भएको प्रतियोगीतामा दोस्रो भएको थियो । यि सवै प्रतियोगीता राष्ट्रिय ट्रफीहरु ह्ुन । पुर्व खेलाडी हात पत्रकार समेत रहेको अशोक दत्तका अनुसार दिपक गुप्ताको बलिङ्ग स्टाइल हेर्न लायक हुन्थ्यो, उनले स्मरण गर्दै भने, ‘जनकपुरको टिममा कम्तिमा छ देखि सातजना सम्म तेज गेंदवाजहरु ह्ुन्थ्यो नै त्यो नै विपक्षी टिमको टाउको दुखाई बन्थ्यो ।

२०५२ सालमा नेपाल पहिलो पटक अन्तराष्ट्रिय स्तरको प्रतिस्पर्धामा सहभागि हुन मलेसिया गयो जस्को टिम कप्तान जनकपुरधामकै अलराउन्डर खेलाडी उत्तम कर्माचार्य थिए । यो पनि जनकपुरधामको लागि शानको कुरो हो । उनी हाल पनि नेपालको राष्ट्रिय टिमको छनौट समितिका संयोजक हुन । प्रशिक्षक नविन सिंहका अनुसार अल राउन्डरहरुको पनि कमि थिएन । राष्ट्रिय टिमका ओपनर दामोदर गौतम, अलराउन्डर दिपक कोइराला, एसिसि कप खेलिसकेका अलराउन्डर रितेश बराल र तेज बलर अशोक दत सहितका खेलाडीहरुले भरिपुर्ण थियो जनकपुरको टिम ।

अन्तराष्ट्रिय प्रतिस्पर्धाहरुमा नेपाली खेलाडीलाई प्रशिक्षकका रुपमा लामो अनुभव संगालेका प्रशिक्षक नविन सिंह अवकास पाएपनि अझै पनि यि नानीहरुको लेख हेर्न र सिकाउन बाह्रबिघघा रंगभुमिमा युवा सरह नै खटने गरेका छन् । सन १९८९ तिर नै भारतको जयनगरमा इन्द्रागांधी मेमोरियल टुर्नामेन्ट हुँदा जनकपुरको टिम पनि त्यसको हिस्सा हुन्थ्यो । भारतको रेल्वे, हवाई फोर्स सहितको टिमको सहभागिता हुने सो प्रतियोगीतामा पनि जनकपुर अवल सावित हुने गर्दथ्यो ।

जनकपुरमा पनि विभिन्न प्रतिष्ठित टुर्नामेन्ट हुन्थ्यो । मिथिला ट्रफी, सरोज कोइराला ट्रफी, जानकी रनिङ्ग शिल्ड जस्ता चर्चित प्रतियोगीतामा रञ्जि ट्रफी खेलिसकेका भारतको पटना, बनारस सहितको टिम समेतको सहभागिता हुने गर्दथ्यो । क्लवले आयोजना गर्ने म्याचहरु त कति हुन्थ्यो कति । एज ग्रुपको प्रतिस्पर्धाहरुमा उत्कृष्ट प्रदर्शन गर्ने दिपक श्रेष्ठ, अनिल मण्डल, समिर नेपाल सहितका खेलाडी पनि जनकपुरकै धर्तीले उत्पादन गरेको गौरवशाली अतित हामी संग छ ।

त्यसवेला पनि विभेदको सिकार

त्यसवेला पनि विभेदको सिमा थिएन । राष्ट्रिय ट्रफीहरुमा उत्कृष्ट बलरलाई मिस्टर नेपाल भन्दै सम्मान गरिन्थ्यो तर २०४८ सालमा जनकपुर टिमकै बलर अशोक दत्तले मात्र ४ रन दिएर ६ विकेट लिएर शो सम्मान र उपाधिको हकदार बन्ने देखेपछि त्यस वर्ष सो उपाधि नै खारिज गरिदिएको तितो कुरा पनि सम्झन्छन दत्त । मधेशी भन्दै त्यस वेला पनि चरम विभेद रहेको उनीहरुको भनाई छ । तर पनि जनकपुर हारेन र खेलिरहयो ।

सन २०१४–१५ तिर कुवेतमा अन्डर १९ खेल्न जाँदा पनि जनकपुरकै अधिकांश खेलाडी राष्ट्रिय टिमको प्रतिनिधीत्व गरेको सुनाउछन् पुर्व क्रिकेटरहरु ।

२१ वर्ष पछि एन प्यावसनले बनायो वातावरण

दुई दशक अगाडि विद्यालय स्तरीय प्रतिस्पर्धा समेत हुने गर्दथ्यो तर विस्तारै जनकपुरमा क्रिकेट हराउदै गयो । जनकपुर चुरोट कारखाना लिमिटेड सहितका राष्ट्रिय सम्पती तथा कारखानाहरु बन्द भएपछि खेलाडीहरु आर्थिक मर्कामा परि कोहि पलायन भए त कोहि पेशा परिवर्तण गरे र क्रिकेटको क्रेज ओरालो लाग्दै गयो । तर पुनः बाह्र बिघघा रंगभुमि मैदानमा कुनै न कुनै प्रतियोगीताको वातावरण बन्दै गएको छ ।

हाल एन प्यावसन र प्यावसन धनुषाको आयोजना तथा जिल्ला क्रिकेट धनुषाको सहजीकरणमा पुष १० देखि २० गते सम्म ‘ईन्टर स्कुल रनिङ्गकप २०७७’ प्रतियोगीता अन्तर्गत विद्यालयका किशोरहरु खेल्ने वातावरण पाएको छ । प्यावसन धनुषाका उपाध्यक्ष तथा प्रतियोगीताका संयोजक आशिष झाका अनुसार जनकपुरधामको त्यो इतिहाँसलाई सम्मान गर्न क्रिकेट खेतमा रासायनीक मल हाल्ने उद्देश्यले प्रतियोगतीको आयोजना गरिएको छ ।

मैदानमा खेल्ने ति किशोरहरुलाई अन्तराष्ट्रिय स्तरकै अमपायरहरु खेलाउने गरेका छन् । हौसला बढाउन विद्यालय परिवार संगै बसिरहेको हुन्छ । जित्दा खुसीको सिमा हुदैन मानिलिउँ विश्व कप नै जितेको जस्तो । कुल ८ वटा विद्यालयहरु तय भएको सो क्रिकेट प्रतियोगीतमा दश कक्षा सम्मको विद्यार्थीहरु खेलि रहेका छन् । नेपाल क्रिकेट संघ धनुषाका अध्यक्ष शोभा कान्त पाण्डेका अनुसार यस्ता प्रतियोगीताहरुले पुनः जनकपुरधाममा क्रिकेटरको उत्पादन हुनेछ ।

प्रतियोगीतमा ओम आर सी एस, सर्वोदय बोर्डिंग, जानकी बोर्डिंग, शिशु प्रज्ञा सदन, चोल्ड्रेंन होली प्यालेस, ऐर्रे इंटरनेशनल, मदर टेरेशा र जेनिथ नेशनल एकेडमी यस वर्ष खेलिरहेको भएपनि अगामि वर्ष देखि विद्यालयहरु थपिदै प्रतियोगीतालाई सवै जनकपुरधामवासीको अपनत्वको प्रतियोगीता बनाउने कोशिस रहने आयोजकको दावी छ ।

तस्वीर र भिडियो : संजय साह



Tags: क्रिकेटको जननी जनकपुर

फेसबुकबाट तपाईको प्रतिक्रिया !

पुरन रौनियार

पुरन रौनियार

वहाँ एसपी खवरको सञ्चालक तथा भाषा सम्पादक हुनुहुन्छ ।

सम्बन्धित समाचार

जानकी हेल्थ केयरले मनायो आफनो वार्षिकोत्सव
प्रदेश २

जानकी हेल्थ केयरले मनायो आफनो वार्षिकोत्सव

49 mins ago
कार्यालय सहयोगीलाई ‘तालिम लिन सिताशरण होटल एक रात बस्ने गरि आउनु परयो’ भनिएपछि…..
एस.पी. खबर विशेष

कार्यालय सहयोगीलाई ‘तालिम लिन सिताशरण होटल एक रात बस्ने गरि आउनु परयो’ भनिएपछि…..

1 hour ago
विप्लवसंगको सहमती धमाधम कार्यान्वयनमा, यस्तो छ सरकारको आजको निर्णय
एस.पी. खबर विशेष

विप्लवसंगको सहमती धमाधम कार्यान्वयनमा, यस्तो छ सरकारको आजको निर्णय

4 hours ago
प्रथम राष्ट्रपतीको कुर्सीमा निडर र निसंकोच एक बालक बसिदिएपछि………
एस.पी. खबर विशेष

प्रथम राष्ट्रपतीको कुर्सीमा निडर र निसंकोच एक बालक बसिदिएपछि………

10 hours ago
ओली–विप्लव केमिस्ट्रीले औपचारिकता पाउदै, छुटदै विप्लव समुहका राजनितिक धुरन्दरहरु
एस.पी. खबर विशेष

ओली–विप्लव केमिस्ट्रीले औपचारिकता पाउदै, छुटदै विप्लव समुहका राजनितिक धुरन्दरहरु

11 hours ago
दलित विकास समितिका पदाधिकारी र सदस्यहरुलाई नियुक्तीपत्र हस्तान्तरण
एस.पी. खबर विशेष

दलित विकास समितिका पदाधिकारी र सदस्यहरुलाई नियुक्तीपत्र हस्तान्तरण

1 day ago
प्रयोगशाला डे को अवसरमा मेला महोत्सवमा नविनतम प्रविधिको प्रदर्शनी (तस्वीर)
आर्थिक

प्रयोगशाला डे को अवसरमा मेला महोत्सवमा नविनतम प्रविधिको प्रदर्शनी (तस्वीर)

2 days ago
‘वाश इन स्कुल’ बारे सम्बन्धित शिक्षकलाई तिन दिने तालीम
एस.पी. खबर विशेष

‘वाश इन स्कुल’ बारे सम्बन्धित शिक्षकलाई तिन दिने तालीम

2 days ago
पक्की घर पाएपछि धनुषाको विभिन्न दलित बस्तीमा छाएको खुसी (शब्द र तस्वीरमा)
एस.पी. खबर विशेष

पक्की घर पाएपछि धनुषाको विभिन्न दलित बस्तीमा छाएको खुसी (शब्द र तस्वीरमा)

3 days ago
श्री दशरथ युवा किमिटिले भब्य रुपमा महाशिवरात्री मनाउने
एस.पी. खबर विशेष

श्री दशरथ युवा किमिटिले भब्य रुपमा महाशिवरात्री मनाउने

4 days ago

ताजा समाचार

जानकी हेल्थ केयरले मनायो आफनो वार्षिकोत्सव

कार्यालय सहयोगीलाई ‘तालिम लिन सिताशरण होटल एक रात बस्ने गरि आउनु परयो’ भनिएपछि…..

विप्लवसंगको सहमती धमाधम कार्यान्वयनमा, यस्तो छ सरकारको आजको निर्णय

प्रथम राष्ट्रपतीको कुर्सीमा निडर र निसंकोच एक बालक बसिदिएपछि………

ओली–विप्लव केमिस्ट्रीले औपचारिकता पाउदै, छुटदै विप्लव समुहका राजनितिक धुरन्दरहरु

दलित विकास समितिका पदाधिकारी र सदस्यहरुलाई नियुक्तीपत्र हस्तान्तरण

प्रयोगशाला डे को अवसरमा मेला महोत्सवमा नविनतम प्रविधिको प्रदर्शनी (तस्वीर)


स्पेशल मिडिया नेपाल प्रा.ली. जनकपुरधाम, प्रदेश २ नेपाल
 9844126588
 spkhabarjnk@gmail.com
सूचना विभाग दर्ता नं: Coming Soon

प्रधान सम्पादक:
समाचार सम्पादक :
डेस्क :
सम्पर्क नं. :
संवाददाता : कल्पना यादव
मार्केटिङ :
सम्पर्क नं.: 9807672844

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy