एसपी रिपोर्टर
जनकपुरधाम, पुष ११ : जसपा नेपालले प्रधानमन्त्री ओलीको कदम विरुद्व जनकपुरधाममा विशाल मशाल जुलुश प्रदर्शन गरेको छ । जसपा नेपालको केन्द्रिय समितिद्वारा घोषित आन्दोलनका कार्यक्रम बमोजिम जसपा नेपालले जनकपुरधाममा समेत मशाल जुलुश प्रदर्शन गरेको हो ।
जनकपुरधामको रेल्वे स्टेशनबाट सुरु भएको मशाल जुलुश प्रदर्शनको क्रममा प्रहरीले भानुचौक, शिवचौक तथा जनकचौकमा हस्तक्षेप गरेपनि जसपाले मशाल जुलुश प्रदर्शन गरेरै छोडयो ।

प्रधानमन्त्री केपि शर्मा ओलीले अचानक संसद विघटन गरेको र त्यसमा राष्ट्रपतीले समेत लालमोहर लगाएपछि जसपा नेपाल, नेपाली कांग्रेस तथा नेकपाको प्रचण्ड–नेपाल समुह आन्दोलनको कार्यक्रम घोषणा गरि सडकमा उत्रेका छन् ।

मशाल जुलुश प्रदर्शनमा जसपा नेपालका प्रदेश देखि जिल्ला, नगर स्तरका नेता कार्यक्रताका साथै युवा र महिलाहरुको सक्रिय सहभागिता रहने गरेको छ ।






