एसपी रिपोर्टर
जनकपुरधाम, पुष १० : मन्त्रीपरिषद विस्तामा पुनः धनुषाको मन्त्री बन्दा धनुषामा खुसी मनाइएको छ । आज भएको मन्त्री परिषद विस्तार तथा पुर्नगठनमा धनुषा क्षेत्र नं. ३ बाट समानुपातिक प्रतिनिधिसभा सांसद जुली कुमारी महतो महिला, बालबालिका तथा जेयष्ठ नागरिक मन्त्री भएपछि धनुषाको सपहीमा दिपावली गरिएको छ ।
धनुषाको क्षेत्र नं. ४ मा समेत विशेष दखल राख्ने सांसद महतो मन्त्री भएपछि लक्ष्मीनियाँ गाँउपालिकाको वडा नं. ४ सपहीमा दिपावली मनाइएको छ । जिल्ला कमिटी सदस्य समेत रहेका नेता अजय कुमार यादवको गाँउमा उनको आग्रहमा दिपावली मनाइएको छ । काठमाण्डौंमा रहेका नेता यादव धनुषा पुनः मन्त्री पाएकोमा खुसी व्यक्त गर्दै दिपावली मनाउन कार्यक्रतालाई आग्रह गरेको बताएका छन् ।

महिला, बालबालिका र जयेष्ठ नागरिक जस्तो समाजसंग प्रत्यक्ष सरोकार राख्ने मन्त्री भएकोमा नेतृ महतोलाई बधाई दिदै नेता यादवले खुसी मनाउन स्थानिय नेताहरुलाई आग्रह गरेको बताए ।
