एसपी रिपोर्टर
जनकपुरधाम, पुष १० : जनता समाजवादी पार्टी नेपालले जनकपुरधाममा राष्ट्रपती विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपि शर्मा ओलीको पुत्ला दहन गरेको छ ।
हेर्नोस भिडियो
प्रहरीको हस्तक्षेपका बाबजुद पनि जसपाका नेता कार्यक्रताहरु जनकपुरधामको मुख्यचौकहरु मुरलीचौक, जनकचौक, शिवचौक र भानुचौकमा ओली र भण्डारीको पुत्ला दहन गरेका हुन ।

पुत्ला दहन गर्न खोज्दा प्रहरीसंग घम्साघम्सी समेत भएको छ । जसपाबाट प्रदेश सांसद परमेश्वर साह सहित जिल्ला नेताहरुको अगुवाईमा नेता कार्यक्रता, महिला नेतृ तथा युवा विद्यार्थीहरु प्रधानमन्त्री ओलीको कदम गैरसंवैधानिक रहेको त्यसमा राष्ट्रपति मतीयार बनेको आरोप छ ।

जसपाको पुत्ला दहन कार्यक्रम पुर्वनिधारित रहेकाले जनकपुरधामको चौकहरुमा व्यापक सुरक्षाकर्मी खटाइएको छ । प्रहरीले पुत्ला दहनमा कडाई गर्ने रणनिति अख्तियार गरेको देखिन्छ । यद्यपि जसपाका युवानेताहरु प्रहरीलाई छलेरै पुत्ला दहज गर्न सफल भएका छन् ।





