एसपी रिपोर्टर
काठमाण्डौं, पुष १० : नेकपाका नेताहरु प्रचण्ड र माधव कुमार नेपाल स्र्वोच्च अदालतकै छेउमा सडकमा बसेका छन् । आज संसद विघटन विरुद्वको रिटमा सुनुवाई समेत रहेकाले दुवै जना नेताहरुको नेतृत्वमा नेकपाका एक समुहका नेता कार्यक्रताहरु अदालत छेउमै माइतीघर मण्डलामा सडकमै बसेर विरोध गरेका छन् ।
साथै विरोध जुलुशको नेतृत्व गर्दै प्रचण्ड÷माधव समूहका नेताहरु निर्वाचन आयोग समेत पुगेका छन् । यो समूहबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरुको अगुवाईमा माइतीघरबाट सुरु भएको प्रदर्शन निर्वाचन आयोग सम्म पुगेको हो ।

उनीहरुले सर्वोच्च अदालतमा संसद विघटनको रिट पेशीमा राखेको दिन अदालत नजिकै माइतीघरमा हामी यहाँ छौं भन्दै धर्नामा बसेका थिए । त्यसपछि उनीहरु प्रदर्शन गर्दै कान्तिपथ स्थित निर्वाचन आयोग पुगेका थिए । तर जमलमा पुगेपछि निषेधित क्षेत्र भन्दै प्रहरीले प्रदर्शनकारीलाई रोकेको छ । त्यसपछि प्रचण्ड–माधव समूहका शीर्ष नेताहरु मात्र आयोग पुगेका छन् ।
