एसपी रिपोर्टर
जनकपुरधाम, पुष ९ : जनकपुरधाममा प्रचण्ड समुहका युवा विद्यार्थीहरुले बोकेको मशाल प्रहरीले खोसेको छ । तत्कालिन माओवादी केन्द्रको पार्टी कार्यालयबाट केहि युवा विद्यार्थी नेताहरुले साँझ मशाल जुलश प्रदर्शन गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।
पार्टी कार्यालयवाट कदमचौक पुग्नै लागेको मशाल जुलुशमा प्रहरीले हस्तक्षेप गरेपछि युवा विद्यार्थीहरु मशाल छाडेर भागेका थिए । मशाल जुलुशको सुचना पाएसंगै जनकपुरधामको रामचौक, जनकचौक, शिवचौक, कदमचौक र भानुचौक सहितकोमा व्यापक प्रहरी परिचालन गरिएको थियो ।
मशाल जुलुशमा न्युन सहभागिता रहेकाले प्रहरीले प्रदर्शनकारीहरुलाई धपाउन सफल भएका हुन । उनीहरुले केपि ओली मुर्दावाद सहितका नारावाजी गरेका छन् ।