एसपी रिपोर्टर
जनकपुरधाम, पुष ८ : प्रधानमन्त्री ओलीको कदम विरुद्व देशव्यापी रुपमा आन्दोलनको घोषणा गरेको जनता समाजवादी पार्टी नेपालले देशको मुख्य शहरहरु सहित जनकपुरधाममा समेत विरोध प्रदर्शन गरेको छ । संसद विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदम रहेको भन्दै जसपाले आज देश व्यापी रुपमा प्रर्दशन गरेको छ ।
आन्दोलनको कार्यक्रमनै घोषणा गरेको जसपा आज देशको विभिन्न शहरहरुमा प्रदर्शन गरेको हो । ‘केपि ओली मुर्दावाद, केपि ओली देश छोड’ सहितका नारावाजी गर्दै जसपाका नेता कार्यक्रताको जनकपुरधामको जनकचौकवाट सुरु भई नगरको विभिन्न भागको परिक्रमा गर्दै पुन ः जनकचौकमा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई प्रदेश सांसद रामअशिष यादव, जनकपुरधामका मेयर लालकिशोर साह सहित जिल्लाका नेता तथा युवा नेताहरुले सम्बोधन गर्दै ओलीको गैरसंवैधानिक कदम फिर्ता गर्न जनआन्दोलन सम्मको चेतावनी दिएका छन् ।
तस्वीरमा यस्तो रहयो जनकपुरधाममा जसपाको प्रदर्शन







तस्वीर/भिडियो : संजय साह