पुरन रौनियार
जनकपुरधाम, पुष ५ : आज २०७७ पुष ५ लाई पनि राजनितिक वृतमा सदैव स्मरण गरिने छ । एका विहानै प्रधानमन्त्री केपि शर्मा ओली विरुद्व ९३ सांसदको हस्ताक्षर सहितको अविश्वासको प्रस्ताव तयारी हुनु र त्यसको भान हुने वितिकै प्रधानमन्त्रीले आकस्मिक मन्त्री परिषदको बैठक बोलाएर संसद नै विघटन भएको प्रस्ताव ल्याउनु मात्र नभई त्यो प्रस्ताव पनि केहि घण्टामै राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी हुनु आजको विशेष राजनितिक घटनाका रुपमा लिइने छ ।
आजको राजनितिक माहोल वास्तवमै कौतुहलतापुर्ण थियो । कति बेला के हुने हो कसैलाई थाहा थिएन र सवै सञ्चार माध्यमको सिधा सम्पर्कमा थिए । राजनितिक शरगर्मी यति थियो की मन्त्री र सांसदको हाल बेहाल जस्तै थियो । धनुषाको हँसपुर नगरपालिकाको वडा नं. ६ टिल्ही स्थित श्री तप्सी बाबा मावि तथा कलेजमा प्रधानमन्त्री ओली निकट मानिने महिला बालबालिका तथा जेयष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठको कार्यक्रम तय थियो तर उनी एकाएक गायव भए ।

विहान ११ बजे विद्यालय तथा कलेजको निरिक्षण अवलोकन गर्ने उनको कार्यक्रम रहेकोमा उनी १२ बजे सम्म सम्पर्क मै थिए र आउने आश्वासन दिइरहेका थिए तर त्यसपछि मन्त्री सम्पर्क विहिन भए र काठमाण्डौं जानु पर्ने जुरुरी भएको खवर गरियो । आयोजकले मन्त्री आउने भएपछि मञ्च र सहभागिका लागि सैयौं कुर्सी व्यवस्थापन गरेका थिए तर कुसी खालि नै रहयो ।

कार्यक्रमको संयोजन गरेका नेकपाका बयोवृद्व नेता तथा समाजसेवी गंगाराम यादवले भने, ‘के गर्ने मन्त्री ज्युले १ बजे माफी माग्दै काठमाण्डौं जानुपर्ने खवर गर्नुभयो ।’ मन्त्रीको स्वागतमा बसेकाहरुलाई पछि यादव कार्यक्रम स्थल पुगेर सम्झाएका थिए । विहान प्रधानमन्त्री विरुद्वको अविश्वासको प्रस्तावबाट सुरु भएको राजनितिक शरगर्मी साँझ नेकपाको स्थाई कमिटिको बैठकले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीलाई कारवाही गर्ने सम्मको निर्णय गर्दै गर्दा पुष ५ ले नयाँ इतिहाँस बनाइसकेको ठहरिएको छ । परिणाम जे भएपनि आजको दिन र्वतमान पुस्ताले नयाँ पुस्तालाई स्मरण गराउने दिनका रुपमा सावित भएको छ ।
