एसपी रिपोर्टर
जनकपुरधाम, पुष ५ : प्रधानमन्त्री के पी शर्मा ओलीले सँघीय प्रतिनिधिसभा बिघटन गरेको कदम गैरसंवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश र जनमत तथा परिवर्तन विरोधीर प्रतिगामी रहेको उनकै पार्टीबाट मेयरमा निर्वाचित शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया यादवले बताएका छन् । यो निर्णय लागु समेत हुन नसक्े उनले दावी गरेका छन् । यस कार्यको विरुद्वमा सँघीय लोकतान्त्रिक गणतन्त्र, लोकतन्त्र एवं परिवर्तनका पक्षधर सम्पुर्ण शक्तिहरु एकजुट हुनु पर्ने उनको आहवान समेत छ ।

प्रधानमन्त्री नसचिए सरकारको निर्णयलाई स्थानीय सरकारले गैरसंवैधानिक कदम भन्दै यस विरुद्ध आन्दोलन गर्ने चेतावनी समेत उनले दिएको छ । प्रधानमन्त्रीको कदमबारे प्रतिक्रिया दिँदै बरबरियाले भने, ‘यो संघीय सरकारको अलोकतान्त्रिक र संविधानविपरीत काम हो, यसका विरुद्ध हामी आन्दोलन गर्छौ ।’ उनले संघीय सरकारको यो कदमलाई आफ्नो (स्थानीय) सरकारले असंवैधानिक ठहर गरेको भन्दै तत्काल कार्यपालिकाको बैठक बसेर संघीय सरकारको कदम विरुद्ध खेद प्रस्ताव पारित गरी अघि बढ्ने बताए ।
‘संघीय सरसकारको यस असंवैधानिक कदमको मेरो नेतृत्वको स्थानीय सरकारले विरोध गर्छ उनले भने, ‘हामी कार्यपालिका बैठक बसेर संघीय सरकारको यो कदम विरुद्धको प्रस्ताव पास गर्छौं र बृहत् आन्दोलनमा उत्रन्छौं ।’