एसपी रिपोर्टर
जनकपुरधाम, पुष ५ : राजनितिज्ञ एवं साहित्यकार रोशन जनकपुरी तथा कलाकार ममता पण्डित सम्मानित भएका छन् । जनकपुरधामको श्री रामानन्द युवा क्लवले आफनो ३५ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको पुरस्कार वितरण तथा वार्षिकोत्सव समारोहका बिच प्रत्येक वर्ष प्रदान गर्दै आएको विद्यापती स्मृति पदकबाट साहित्यकार रोशन जनकपुरी तथा सरस्वती राजनारायण कला पुरस्कारबाट कलाकार ममता पण्डितलाई सम्मानित तथा पुरस्कृत गरिएको छ ।
क्लवका अध्यक्ष मनमोहन साह रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद परमेश्वर साहले दुवै व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरेका छन् । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिता झा, प्रदेशसभा सदस्य कौशल यादव, जिसस धनुषाका उपप्रमुख दिपक झा सहितकाले क्लवको कामहरुको प्रशंसा गरेका थिए ।

कार्यक्रममा बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका निर्देशक बलराम ठाकुर, साहित्यकार रमेश रञ्जन झा, कांग्रेस धनुषाका उपसभापति सन्तोष यादव, मिनापका अध्यक्ष परमेश झा, रामानन्द युवा क्लवका संस्थापक तथा पूर्व अध्यक्ष अमरचन्द्र अनिल, अशोक दत्त, जीवनाथ चौधरी, रमेश ठाकुर, नवीन कुमार मिश्र, अनिल कुमार मिश्र, सरस्वति राजनारायण प्रतिष्ठानका संस्थापक अध्यक्ष चन्देश्वर प्रसाद रौनियार, बृहत्तर जनकपुरक्षेत्र विकास परिषद्का पूर्व अध्यक्ष दिगम्वर राय सहितको उपस्थिती थियो ।
