एसपी रिपोर्टर
जनकपुरधाम, पुष ५ : प्रधानमन्त्री केपि शर्मा ओलीको कदम विरुद्व जनकपुरधाममा समेत प्रदर्शन भएको छ । जसपा नेपालका प्रदेश सांसद सहित जसपाका नेता तथा युवा नेताहरुले जनकपुरधाममा संसद विघटन घोषणा विरुद्व प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा जसपाका प्रदेश सांसद परमेश्वर साह, रामअशिष यादव नेताहरु संजय सिंह, नविन यादव, प्रशान्त झा सहितको सहभागिता रहेको थियो ।

ओलीको सो कदम विरुद्व नेकपाकै नेता, युवानेता र विद्यार्थीहरुले समेत देशको विभिन्न ठाँउहरुमा प्रदर्शन थालेका छन् । काठमाण्डौं, पोखरा र जनकपुरधाम सहितका देशका मुख्य शहरहरुमा नेकपाकै नेता तथा कार्यक्रताहरु समेत विरोध प्रदर्शनमा उत्रिएका छन् ।