एसपी रिपोर्टर
काठमाण्डौं, पुष ५ : राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु अगाडि नै संसद सचिवालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको पाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर मध्यावधि निर्वाचनमा जाने प्रस्ताव राखेका थिए । तर चार मन्त्रीले त्यसको विरोध गरेपछि उनी ‘ल ठीक छ’ भन्दै बैठक स्थलबाट बाहिरिएका थिए ।
त्यसको सूचना पाए लगतै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८९ सांसदले संसद सचिवालयमा प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । आफुलाई अविश्वासको प्रस्ताव लगाएर प्रधानमन्त्रीबाट हटाउने तयारी भइरहेको थाहा पाउने वितिकै प्रधानमन्त्री ओलीले आक्समिक रुपमा मन्त्री परिषदको बैठक बोलाएर संसद विघटनको प्रस्ताव गरेका थिए ।