एसपी रिपोर्टर
जनकपुरधाम, पुष ४ : जनकपुरधाममा प्रत्येक वर्ष मनाइने एतिहासिक श्री सिताराम विवाहपञ्चमी महामहोत्सवको मुख्य आकर्षण दुल्हा दुल्हिन सरकारको स्वयवंर शु–सम्पन्न भएको छ । सदाझै एतिहासिक बाह्रबिघ्घा रंगभुमि मैदानमा हजारौ हजार दर्शनार्थीहरु रामजानकीको स्वयवंरमा सरिक भएका छन् ।
यस अघि लाखौंको उपस्थिती हुने गरेकोमा यस वर्ष फाटफुट वाहेक आन्तिरक दर्शनार्थी मात्र देखिएका छन् । स्वयवंर पश्चात श्री जानकी मन्दिर, श्री राम मन्दिर र श्री लक्ष्मण मन्दिर सहित जनकपुरधाम स्थित विभिन्न राजजानकी मन्दिरवाट निक्लेको डोला सहित जनकपुरधाम नगर क्षेत्रमा शोभा यात्रा गरिदै छ । राती जानकी मन्दिरको प्राङ्गणमा सरसजावटका साथ बनाइएको विवाह मण्डप (वेदी) मा रामजानकीको वैवाहिक कार्यक्रम हुने छ ।
प्रस्तुत छ एसपी खवरका लागि पुरन साह र संजय साहले आ–आफनो क्यामेरामा कैद गरेको केहि तस्वीरहरु ।








