एसपी रिपोर्टर
जनकपुरधाम, पुष ३ : जनकपुरधामको श्री रामानन्द युवा क्लवले आफनो ३५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाउदै छ । वार्षिकोत्सव मनाउने क्रममा क्लवले आज जनकपुरधामको रामानन्दचौकमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । क्लवका अध्यक्ष मनमोहन साहको अनुसार रक्तदान कार्यक्रममा स्थानिय, युवा, व्यापारी र युवा अगुवाहरु गरी कुल ५६ जनाले रक्तदान गरेका छन् ।
तिन दिवसीय कार्यक्रममा दोस्रो दिन शनिवार जनकपुरधाम स्थित कुष्ठरोगीहरुको आश्रयस्थलमा फलफुल तथा न्यानो लत्ता कपडा वितरणको कार्यक्रम रहेको छ भने तेस्रो दिन आइतवार क्लवको भवनमा पुरस्कार एवं प्रमाणपत्र वितरण कार्यक्रम रहेको जनाइएको छ । वार्षिकोत्सव समारोहका बिच प्रदान गरिने विद्यापती पुरस्कार यस वर्ष साहित्यकार रोशन जनकपुरी र श्री सरस्वती राजनारायण प्रतिष्ठानले प्रदान गर्दै आएको श्री सरस्वती राजनारायण कला पुरस्कार ममता पण्डितलाई प्रदान गर्ने निर्णय भएको क्लवले जनाएको छ ।

रक्तदान कार्यक्रममा क्लवका पुर्व अध्यक्षहरु जिवनाथ चौधरी, बाह्रमण मैथिली महासभाका अध्यक्ष सिडिई भगवान झा सहित क्लवका उदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
