एसपी रिपोर्टर
जनकपुरधाम, पुष १ : चुरे तथा वन जंगल सरक्षण अभियान प्रदेश २ ले विभिन्न मांगहरु राख्दै संर्घषका कार्यक्रमहरु घोषणा गरेका छन् । विभिन्न ५ सुत्रिय मांगहरु राख्दै अभियानले ओम प्रकाश भनिने दिलिप महतोलाई पर्यावरण शहिद घोषणा, छानबिन गरि अवैध रुपमा सञ्चालित क्रसर उद्योगहरु बन्द गर्नुपर्ने सहितका मांगहरु सहित प्रदेश २ को आठवटै जिल्ला तथा प्रदेश सरकारको मुख्यालयमा गरि चरणवद्व आन्दोलनको कार्यक्रम घोषणा गरिएको छ ।
जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा अभियानका सरोज रायले आफुहरुले मधेश बचाउन चुरे बचाउन आवयश्क रहेकाले पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएपनि आफुहरुको मांग सम्बोधन नभएकाले बाध्य भएर आन्दोलनमा पुनः जान परेको बताए ।
यस्तो छ अभियानको मांग र संर्घषका कार्यक्रम