एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर ३० : जसपाका वरिष्ठ नेता सरतसिंह भण्डारीले मधेश आन्दोलनकै कारण देशमा तिनहको सरकार बनेको र जनताले धमाधम विकास पाइरहेको बताएका छन् । महोतरीको लोहरपट्टी नगरपालिकाको वडा नं. ४ गेरुका–पिपरारी सडक जोडने बिगही नदीको पक्की पुलको शिल्यानास कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले मधेश आन्दोलनले संघियताका साथै तिनैतहको सरकार सम्भव भएको र जनताले विकास पाइरहेको बताए ।
नेता भण्डारीले भने, ‘वर्तमान सरकार संघियता समाप्त गर्न चाहेकाले मधेशी जनता सचेत हुन आवयश्क छ ।’ कार्यक्रममा प्रदेश २ का भौतीक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रधानमन्त्री ओलीले अप्रत्यासित रुपमा ल्याएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश एकलौटी नियक्ती गर्ने व्यक्तिवादी षडयन्त्र रहेको बताए । लोकतान्त्रिक मूल्य मान्यता विरुद्ध सो अध्यादेश आएकाले लोकतन्त्रलाई सखाप पार्ने काम प्रधानमन्त्री ओलीवाट भएको उनको ठहर छ ।

भण्डारी र सोनल सहित प्रदेशसभा सदस्य सुरिता साह, संविधानसभा सदस्य डा. विजय कुमार सिंह सहितकाले सो नदीमा पक्की पुलको शिल्यानास गरेपछि स्थानियवासी खुसी भएका छन् । ११० मिटर लम्बाई र ११ मिटर चौडाई भएको पुल निर्माणको लागत १७ करोड ७१ लाख १ हजार ५ सय ७० रुपैया ९८ पैसा रहेको छ । अगामि २०७९ बैशाख २ गते सम्म पुल निर्माणको कार्य सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । कार्यक्रममा संविधानसभा सदस्य धर्मेन्द्र साह, प्रदेश सांसद जैनुल राइन, कौशल किशोर यादव, जानकी शरण साह सहितको सहभागिता रहेको थियो ।
