एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर ३० : विवाहपञ्चमी पश्चात जनकपुरधाम उपमहानगरपालिकाको फुटपात व्यवस्थापन गरिने भएको छ । जनकपुरधाम उपमहानगरपालिकामा भएको छलफलवाट सो निश्कर्ष निकालिएको हो ।
सडक फराकिलो गरिएर पैदलयात्री चल्नका लागि बनाइएको सडक दुवै छेउको पेटी फुतपात व्यवसायी र पसलेहरुले प्रयोग गर्न थालेपछि पैदलयात्रु पेटीको सट्टा सडकमै हिडन थालेपछि समस्या उत्पनन भएको छ ।

पैदलयात्री सडकमा हिन्नाले दुर्घटना तथा ट्राफिक जामको समस्या समेत हुने भएकाले सो को निवारणका लागि विवाह पञ्चमी पछि फुटपात व्यवासायीको व्यवस्थापन र सडकको पेटी खाली गराउने काममा तत्परता देखाइने भएको छ । छलफलमा जनकपुरधाम उपमहागनरपालिकाका मेयर लाल किशोर साह, धनुषाका ट्राफिक प्रहरी प्रमुख, जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष सहित व्यापारी र सम्बन्धित निकायका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
