एसपी रिपोर्टर
सर्लाही, मसिंर २९ : विभिन्न पाँच सुत्रिय मांग राख्दै सर्लाहीमा सुरु भएको अनिश्चिकालिन रिले अनसन मशाल जुलुश सम्म पुगेको छ । जसपाका नेता कार्यक्रताहरु सहित सर्वपक्षिय संघर्ष समितिद्वारा सुरु गरिएको अनसनले समेत राज्य नसुनेपछि आज मशाल जुलुस प्रदर्शन गरिएको छ ।
नेपाल–भारत सिमा खुल्ला गर्नुपर्ने, निर्माणाधिन हुलाकी राजमार्गको स्तरोनती गर्नुपर्ने, अन्य शाखा सडक तथा पुलहरुको गुणस्तरको छानबिन गर्नुपर्ने, मुआब्जाको उचित व्यवस्था गर्नुपर्ने र हुलाकी राजमार्ग निर्माणमा ठेक्काको म्याद थप्न नहुने सहितका मांगहरु राख्दै समिति आन्दोलित छ ।

मशाल जुलुसमा जसपाका वरिष्ठ नेता महेन्द्र राय यादव, संघिय सांसद प्रमोद साह र प्रदेश सांसद अशोक यादव, कांग्रेसका जंगीलाल राय सहितको सहभागिता रहेको थियो । उनीहरुले तराई मधेशमा हुने विकास निर्माणका महत्वकांक्षी योजनाहरुमा केन्द्रले मनपर्दी गर्ने गरेको आफना आसेपासेका ठेकेदारहरुलाई लगाउने गरेकाले समयमै काम हुन नसक्नु र गुणस्तर काम हुनु मुख्य समस्या रहेको बताए ।

नेताहरुले कोरोनालाई देखाएर अहिले पनि षडयन्त्र तहत नेपाल–भारत सिमा बन्द गरिएकाले मधेशका जनता पिडित बनेको भन्दै निशर्त सिमा खुल्ला गर्नुपर्ने बताए । मशाल जुलुसमा जसपाका केन्द्र देखि नगर सम्मका नेताहरुको सक्रियता रहेको छ । मंगलवार जिल्ला बन्दकै आवहान गरिएको समितिले जनाएको छ ।