एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २९ : नेपाली कांग्रेस धनुषाको अगुवाईमा प्रदेश २ को मुकाम जनकपुरधाममा पनि विरोध जुलस प्रदर्शन गरिएको छ । पार्टीका केन्द्रिय सदस्य एर्व पुर्व महामन्त्री प्रकाशमान सिंहको अगुवाईमा जनकपुरधामको पिडरीया माई थान स्थित पार्टी कार्यालय कार्यालयबाट निक्लेको विरोध जुलुश मुरलीचौक, रामचौक, जनकचौक, शिवचौक र भानुचौक हुदै रेल्वे स्टेशन पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै नेता सिंहले जनताको हितमा काम गर्न नसक्ने सरकारलाई सरकारमा रहनुको कुनै अर्थ नरहेको बताए । वर्तमान सरकार संघियता र गणतन्त्र मास्ने खेलमा रहेको सिंहको आरोप छ ।


शान्ति सम्झौता पछि पटक पटक बामपन्थी सरकार बनेर पनि जनताले चाहेको संविधान बन्न नसकेपछि दोस्रो संविधानसभाका लागि चुनाव भएको र त्यस सभाले बनाएको कांग्रेस नेतृत्वको सरकार संविधान बनाउन सफल भएपछि पुनः बामपन्थी सरकार संविधान मास्ने लेखमा लागेको उनको तर्क छ ।

संघियता कार्यान्वयन भन्दा भ्रष्टाचार, हत्या हिंसा र अवैधानिक नियुक्तीहरु गरी संघियतालाई गलत देखाउने कुचेष्टा सरकारबाट भइरहेको नेता सिंहले बताए । प्रदेश २ का नेता रामसरोज यादवले केपि ओली नेतृत्वको बर्तमान सरकारलाई उखेलेर फाल्ने उदघोष गरेका छन् ।

संघिय सांसद स्मृती नारायण चौधरीले नियतवस भारतसंगको सिमा बन्द गरिएको भन्दै खोल्न आग्रह गरे । विरोधसभामा धनुषाका नेताका साथै प्रदेश र संघिय सांसदहरुको समेत सक्रिय सहभागिता रहेको थियो ।




