एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २९ : जनकपुरधाको प्रादेशिक अस्पतालको कोभिड—१९ आइशोलेसन वार्डमा खटनेहरुले तलव नपाउँदा आन्दोलित हुन लागेका छन् । कोरोना महामारीमा आफनो ज्यानको प्रवाह नगरि आइशोलेसनमा खटने करिव ५० जना चिकित्सक, नर्श र विभिन्न काम गर्ने कर्मचारीहरुले ६ महिना सम्मको भत्ता र २ महिनाको तलव नपाएपछि आन्दोलनमा उत्रने मनशाय बनाइरहेका छन् ।
नाम उल्लेख नगर्ने सर्तमा एकजना कर्मचारीले एसपी खवरलाई भने, ‘हिजो मात्र हामीले दुई घटना अस्पताल प्रशासनमा तालाबन्दी गरयौं पछि नेतृत्वले हामी छिट्टै व्यवस्थापन गर्ने भन्नु भएको छ ।’ उनीहरुले जोखिम मोलेर काम गर्दा पनि तलव नपाउनु बिडम्वना रहेको बताउछन् ।
आफुहरुको मांग सम्बोधन नभए आइशोलेसनमा पनि ताला बन्दी गरि आन्दोलनमा उत्रन सक्ने उनीहरुको चेतावनी छ ।