एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकार विरुद्व देशव्यापी रुपमा प्रदर्शन गर्न लागेको छ । सोहि क्रममा प्रदेश २ को राजधानी जनकपुरधाममा कांग्रेसका पुर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा प्रदर्शन गरिने छ । सिंह जनकपुरधाम आइसकेका छन् ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेपछि आक्रोसित बनेको कांग्रेसले मंसिर २९ गते देश भरि देशव्यापी रुपमा प्रदर्शन गर्ने निर्णय गरेको थियो । आज १ बजे जनकपुरधामको पिडरीया माईथान स्थित धनुषा पार्टी कार्यालयबाट व्यापक सहभागितामा विरोध जुलुश निस्कने कार्यक्रम रहेको कांग्रेस धनुषाले जनाएको छ ।