एसपी रिपोर्टर
सर्लाही, मसिंर २१ : विभिन्न पाँच सुत्रिय मांग राख्दै सर्लाहीमा अनिश्चिकालिन रिले अनसन सुरु गरिएको छ । जसपाका नेता कार्यक्रताहरु सहित सर्वपक्षिय संघर्ष समितिद्वारा सुरु गरिएको अनसनमा नेपाल–भारत सिमा खुल्ला गर्नुपर्ने, निर्माणाधिन हुलाकी राजमार्गको स्तरोनती गर्नुपर्ने, अन्य शाखा सडक तथा पुलहरुको गुणस्तरको छानबिन गर्नुपर्ने, मुआब्जाको उचित व्यवस्था गर्नुपर्ने र हुलाकी राजमार्ग निर्माणमा ठेक्काको म्याद थप्न नहुने सहितका मांगहरु राख्दै अनसन सुरु गरिएको छ ।
पहिलो दिनको अनसनमा जसपाका वरिष्ठ नेता महेन्द्र राय यादव, संघिय सांसद प्रमोद साह र प्रदेश सांसद अशोक यादव,कांग्रेसका जंगीलाल राय सहितका बसेका छन् । उनीहरुले तराई मधेशमा हुने विकास निर्माणका महत्वकांक्षी योजनाहरुमा केन्द्रले मनपर्दी गर्ने गरेको आफना आसेपासेका ठेकेदारहरुलाई लगाउने गरेकाले समयमै काम हुन नसक्नु र गुणस्तर काम हुनु मुख्य समस्या रहेको बताए ।

नेताहरुले कोरोनालाई देखाएर अहिले पनि षडयन्त्र तहत नेपाल–भारत सिमा बन्द गरिएकाले मधेशका जनता पिडित बनेको भन्दै निशर्त सिमा खुल्ला गर्नुपर्ने बताए । अनसनमा जसपाका केन्द्र देखि नगर सम्मका नेताहरुको सक्रियता रहेको छ ।
