जनकपुरधाम, मंसिर २१ : नेपाल सरकारले सामुदायिक विद्यालय खोल्ने आधिकारिक निर्णय गरिसकेको छैन । झन कक्षा १ देखि ५ सम्मका विद्यालय त झनै खोल्ने कुनै आधार नै छैन । तर यस्ता पनि सामुदायिक विद्यालय छन जस्ले विद्यार्थी बोलाएर शिक्षक शिक्षिका घाम तापेर बस्ने गरेका छन् ।
यो दृश्य ध्यानपुर्वक हेर्नोस होस । कुर्सीमा बसेकी सर्वसधारण महिला आफनो घरमा बसेकोे नभई विद्यालयमा बसिरहेकी शिक्षिका हुन । घरमा नुहाएकी एक शिक्षिका विद्यालयमा आएर आफनो केस सुकाइरहेकी छिन । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ स्थित श्री जनता प्राथमिक विद्यालयको यो दृश्य सामुदायिक विद्यालयको अवस्था दर्शाइरहेको छ । कोरोना कहरमा कलिला बच्चाहरुलाई विद्यालय बोलाएर घाम तापिरहेको सो विद्यालयका विद्यार्थीहरुकै अनुसार आज देखि उनीहरुलाई विद्यालयमै पढन आउन भन्या थियो ।
विद्यालयका प्र.अ. धनविर ठाकुरका अनुसार कक्षा ५ सम्मका विद्यार्थीहरुको अभिभावक संग समन्वय गरि घरमै पुगेर पढाउने र विद्यार्थीहरु पढिरहेको÷नपढिरहेको बारेमा अनुगमन गर्न भनेकोले आफुहरु त्यसै गरिरहेको बताउछन् । तर विद्यार्थीहरु आफुहरुको घरमा शिक्षक कहिल्यै पनि नपुगेको र आज देखि स्कुलमै बोलाएपनि नपढाएको बताउछन् ।
प्र.अ.ठाकुरले आफुहरुले विद्यार्थीलाई विद्यालय नबोलाएको बताइरहेका छन् । तर आफु सहितका सवै शिक्षक शिक्षिका हाजिर भने गरिरहेको देखिन्छ । यस विषयमा जनकपुरधाम उपमहानगरपालिकाले सामुदायिक विद्यालय खोल्ने कुनै पनि निर्णय नभएको बताउछन् ।
निजी विद्यालयहरु कक्षा ५ सम्म पनि विद्यार्थीहरुलाई पढाउन थालेको तर सामुदायिकको हकमा कुनै निर्णय नभएको बताइरहँदा विद्यालयहरु विद्यार्थी बोलाउन थालेका छन् । विद्यालयहरु मनपर्दी गर्न थालेपनि उपमहानगरपालिकाले कुनै अनुगमन गर्न नसकेको प्रमुख प्रशासकिय अधिकृत यादव स्वीकार गर्छन । यस क्षेत्रमा कोरोनाको भयत्रास हराउदै गएको भएपनि जोखिम अझै वाँकी रहेकाले कलिला बालबालिकाहरुको भविष्यसंग खेलवाड गर्नु समाजकै लागि घातक हुने तर्फ ध्यानाकर्षण हुनु आवयश्क छ ।