एसपी रिपोर्टर
जनकपुरधाम, मंसिर १९ : जनकपुरधाम उपमहानगरपालिका वडा नं. १३ को कार्यवाहक अध्यक्षको जिम्मा वडा सदस्य भारती सिंहले पाएकी छन् । सिंहकै पार्टी तत्कालिन एमालेवाट वडा अध्यक्षमा निर्वाचित शुव नारायण मण्डल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारवाहीको सिलसिलामा निलम्वनमा पर्न गएकाले उपमहानगरपालिकाले वडा सदस्य सिंहलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी तोकेको हो ।
वडा अध्यक्ष विहिन अवस्थालाई मध्ये नजर गर्दै सेवा ग्राहीको काम सहजीकरणका लागि २०७७ मंसिर १७ गतेको टिप्पनी निर्णय अनुसार विहिवारवाट लागु हुने गरि निलम्बित वडा अध्यक्ष मण्डल फुकुवा नभए सम्मका लागि सिंहलाई कार्यवाहक अध्यक्षका रुपमा कार्य सम्पदान गर्न जिम्मेवारी तोकिएको प्रमुख प्रशासकिय अधिकृत मेहिलाल यादवद्वारा काटिएको पत्रमा उल्लेख छ ।

कार्यालय सहयोगी घुस लिदालिदै अख्तियारद्वारा पक्राउ परेको उनले वडा अध्यक्षकै निर्देशनमा घुस लिएको बयान दिएपछि वडा अध्यक्ष मण्डल पनि अख्तियारको फन्दामा परेको बताइन्छ ।